मागपत्र प्रमाणीकरणमा सहजीकरण गरिदिन ध्यानाकर्षण

बिहिबार, १९ मङि्सर २०७६, २१ : ३२ नागरिक

काठमाडौं- नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विदेशस्थित नेपाली नियोगले गर्ने मागपत्र प्रमाणीकरण सहज रुपमा गरिदिने वातावरण निर्माण गरिदिन आग्रह गरेका छन्। बिहिबार संघका अध्यक्ष विष्णुप्रसाद गैरेको नेतृत्वमा गएको व्यवसायीको एक प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ध्यानाकर्षण गरेका हुन्।

साउदी अरबलगायतका मुलुकमा मागपत्र प्रमाणीकरणमा व्यवसायीले समस्या झेल्नुपरेको भन्दै सम्बोधनका निम्ति पहल गरिदिन आग्रह गरेका थिए। संघका महासचिव सुजित श्रेष्ठले व्यवसायीले राम्रा मुलुकबाट पनि कामदारको माग ल्याउने गरेको भएतापनि ति देशमा मागपत्र प्रमाणीकरण गर्ने नेपाली नहुँदा व्यवसायीले समस्या झेल्नु परेको बताए।

त्यस्तै संघका सल्लाहकार किरणकिशोर घिमिरेले वैदेशिक रोजगारका समस्या समाधानमा श्रम मन्त्रालयले समन्वयकारी भूमिका नखेलेको भन्दै वैदेशिक रोजगार राज्यको निम्ति आवश्यकता हो/होइन भन्ने प्रस्ट नभएको बताए।

उनीहरुले वैदेशिक रोजगारको मुख्य सरोकारवाला व्यवसायी भएता पनि नीति निर्माण गर्ने क्रममा भने राज्यले व्यवसायीलाई बेवास्ता गरेको गुनासो गरे।

त्यस्तै संघका पूर्वअध्यक्ष बिमल ढकालले मागपत्र प्रमाणीकरणको नाममा विदेशमा रहेका नेपाली नियोगमा कार्यरत कर्मचारीले अनावश्यक दुःख दिने गरेको बताए। संघका अर्का सल्लाहकार प्रज्ञान न्यौपानेले विदेशमा रहेका नेपाली नियोगका कर्मचारी प्रविधिमैत्री हुने हो भने व्यवसायीका अधिकांश समस्या न्यूनीकरण हुँदै जाने बताए। पटकपटक कामदार पठाउँदै आएको कम्पनीको मागपत्र प्रमाणीकरण गर्न समेत व्यवसायीले सास्ती भोग्नु परेको उनको भनाइ थियो।

व्यवसायीका मागका सम्बन्धमा मन्त्री ज्ञवालीले मागपत्र प्रमाणीकरणलाई थप सहजीकरण गर्न मन्त्रालयले गृहकार्य गरिरहेको जानकारी दिए। वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित बनाउन नेतृत्वदायी भूमिका खेल्न संघका नवनिर्वाचित पदाधिकारीलाई आग्रह गर्दै उनले मुख्यरुपमा तीन सुझाव दिएका थिए।  ‘पहिलो बाध्यता बनेको वैदेशिक रोजगारीलाई अब रोजाईको विषय बनाऔं। दोस्रो (अदक्ष) कामदार आपूर्ति गर्दै आएको मुलुकबाट कम्तिमा अर्धदक्ष कामदार पठाउने मुलुकको रुपमा चिनाऔं। र तेस्रो विदेशबाट प्राप्त रेमिट्यान्सलाई उत्पादन मुलुक क्षेत्रमा लगाउन सँगै सहकार्य गरौं’ उनले भने। 






यसमा तपाईको मत

अन्य समाचार

बुद्धले राजविराज उडान भर्ने

बुद्धले राजविराज उडान भर्ने

बुद्ध एयरले प्रदेश नम्बर २ को राजविराजमा उडान भर्ने भएको छ । ...

सेञ्चुरी बैंकको सहयोग

सेञ्चुरी बैंकको सहयोग

सेञ्चुरी कमर्सियल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माधवनारायण स्वस्थानी ब्रत तथा शालिनदी सुधार समितिलाई सहयोग गरेको छ । ...

रिमझिम चोकमा देवः विकास बैंक

रिमझिम चोकमा देवः विकास बैंक

देवः विकास बैंकले बाँकेको खजुरा गाउँपालिका रिमझिम बजारमा शाखा विस्तार गरेको छ । ...

मुक्तिनाथ र रेमिट टू नेपालबीच सहकार्य

मुक्तिनाथ र रेमिट टू नेपालबीच सहकार्य

मुक्तिनाथ विकास बैंक र रेमिट टू नेपालबीच सम्झौता भएको छ । ...

सनराइज–सिर्जना सहमति

सनराइज–सिर्जना सहमति

सनराइज बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने सैद्धान्तिक सहमतिमा हस्ताक्षर भएको छ । ...

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

युनाइटेड इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति अध्यक्षमा वरिष्ठ उद्यमी रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । उनी हाल यस कम्पनीको संस्थापक...

सिदार्थ बैंकको सहयोगमा आँखा शिविर

सिदार्थ बैंकको सहयोगमा आँखा शिविर

सिदार्थ बैंकले नेपाल आँखा अस्पतालसँग सहकार्य गर्दै संयुक्त रुपमा ६ दिने निःशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न गरेको छ । ...

महालक्ष्मी बैंकका ग्राहकलाई चिरायु हस्पिटलमा छुट

महालक्ष्मी बैंकका ग्राहकलाई चिरायु हस्पिटलमा छुट

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युट  प्रालिसँग सम्झौता...

Ncell Footer Ad