‘अर्थतन्त्र सुधारको लागि सरकारको कामलाई निजी क्षेत्रको सहयोग अपरिहार्य’

बिहिबार, १९ मङि्सर २०७६, २० : ३७ नागरिक

काठमाडौं- अर्थमन्त्री डा. युवराज खतिवडाले देशको अर्थतन्त्रको सुधारका लागि सरकारले काम गरिरहेकाले निजी क्षेत्रको सहयोग अपरिहार्य भएको बताएका छन्। नेपाल भारत उद्योग वाणिज्य संघको २५ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले निजी क्षेत्रलाई उत्पादनमुलक क्षेत्रमा लगानी बढाउन आग्रह गरेका हुन्।

उनले सरकारले लगानीको वातावरण निर्माण गर्नका लागि विभिन्न नीतिगत सुधार गरिसकेको बताउँदै ढुक्क भएर लगानी गर्न आग्रह गरे। उनले भारतीय लगानी भित्र्याउनका लागि नेपाल भारत उद्योग वाणिज्य संघले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बाउँदै विकास निर्माण, पर्यटन प्रवद्र्धन तथा कृषि उत्पादनलाई तिब्रता दिन पनि वैदेशिक लगानी आवस्यक रहेको बताए। उनले विदेशी लगानीकर्ताले सजिलै नाफा लैजान पाउने तथा एकद्धार प्रणाली मार्फत सेवा पाउने व्यवस्था सरकारले गरेकाले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरे।

कार्यक्रममा भारतीय राजदूत मन्जीव सिंह पुरीले नेपाल जनसंख्याको हिसाबले सानो मुलुक भएपनि बजारको हिसाबले ठुलो रहेको बताए। नेपालले भारत र चीनको बिचमा रहेकाले वस्तु उत्पादन गरी निर्यात गर्न सक्ने बताए।

कार्यक्रममा लगानी भित्र्याउन नीतिगत सुधार गरिएसँगै विदेशी लगानीकर्ताले विभिन्न परियोजनामा लगानी बढाउन इच्छा देखाउनु सकारात्मक भएको अर्थमन्त्री खतिवडाले बताए। उनले सरकारले रेलमार्ग, पर्यटन, कृषि, जलविद्युत, पूर्वाधार लगायतका क्षेत्रमा वैदेशिक लगानी आकर्षित गर्न खोजिरहेको समेत बताए। 






यसमा तपाईको मत

अन्य समाचार

बुद्धले राजविराज उडान भर्ने

बुद्धले राजविराज उडान भर्ने

बुद्ध एयरले प्रदेश नम्बर २ को राजविराजमा उडान भर्ने भएको छ । ...

सेञ्चुरी बैंकको सहयोग

सेञ्चुरी बैंकको सहयोग

सेञ्चुरी कमर्सियल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माधवनारायण स्वस्थानी ब्रत तथा शालिनदी सुधार समितिलाई सहयोग गरेको छ । ...

रिमझिम चोकमा देवः विकास बैंक

रिमझिम चोकमा देवः विकास बैंक

देवः विकास बैंकले बाँकेको खजुरा गाउँपालिका रिमझिम बजारमा शाखा विस्तार गरेको छ । ...

मुक्तिनाथ र रेमिट टू नेपालबीच सहकार्य

मुक्तिनाथ र रेमिट टू नेपालबीच सहकार्य

मुक्तिनाथ विकास बैंक र रेमिट टू नेपालबीच सम्झौता भएको छ । ...

सनराइज–सिर्जना सहमति

सनराइज–सिर्जना सहमति

सनराइज बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने सैद्धान्तिक सहमतिमा हस्ताक्षर भएको छ । ...

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

युनाइटेड इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति अध्यक्षमा वरिष्ठ उद्यमी रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । उनी हाल यस कम्पनीको संस्थापक...

सिदार्थ बैंकको सहयोगमा आँखा शिविर

सिदार्थ बैंकको सहयोगमा आँखा शिविर

सिदार्थ बैंकले नेपाल आँखा अस्पतालसँग सहकार्य गर्दै संयुक्त रुपमा ६ दिने निःशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न गरेको छ । ...

महालक्ष्मी बैंकका ग्राहकलाई चिरायु हस्पिटलमा छुट

महालक्ष्मी बैंकका ग्राहकलाई चिरायु हस्पिटलमा छुट

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युट  प्रालिसँग सम्झौता...

Ncell Footer Ad