coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पाल्पामा तीनको मृत्यु

पाल्पा- जिल्लाको तिनाउ गाउँपालिका–५,चौविस माईलमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। यस्तै निस्दी गाउँपालिका ५ गल्धाको बेलौजेमा करेन्ट लागेर एक व्यक्तिको ज्यान गएको छ।

बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु १ ज ४२०९ नम्वरको जिप चौविस माईलस्थित सिद्धार्थ राजमार्गमा दुर्घटना भएको हो। दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मृत्यु हुनेहरुमा गाडी चालक रैनादेवीछहरा गाउँपालिका ५ मुझुङ्गका २५ वर्षिय दिलिप बोमरेल, सोही गाउँपालिका ४ का २४ वर्षिय सहचालक कृष्ण कार्की रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्णराज सापकोटोले बताए।

उनीहरु रैनादेवीछहराबाट बुधबार विरामी लिएर बुटवल गएका थिए। विरामी छाडेर फर्किदा संभवत रातिको समयमा दुर्घटना भएको हुन सक्ने प्रहरीले बताएको छ। उनीहरुको शव भीरमा अड्किएको अवस्थामा फेला परेको थियो।

जिपमा चालक सहचालक बाहेक अरू कुनै पनि यात्रुहरु नरहेको प्रहरीको प्रारिम्भक अनुमान रहेको छ। गाडी सडकदेखि २ सय मिटर तल खसेको छ। के कति कारणले जिप दुर्घटना भएको हो भन्ने विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

यस्तै, जिल्लाको विद्युतलाईन परिक्षणको क्रममा करेन्ट लागेर धादिङ बेनिघाट रोराङ्ग गाउँपालिका–४ का २५ वर्षिय नेत्र बहादुर बिसुङ्केको मृत्यु भएको हो।

निस्दी गाउँपालिका ५ गल्धामा नेपाल विद्युत प्राधिकरण अन्तर्गतको ११ केभी विद्युतलाईन विस्तारको क्रममा लाईन परिक्षणका लागि उनी पोलमा चढेका थिए। लाईन बन्द नगरी पोलमा चढेका उनलाई सोहीक्रमा करेन्ट लागेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ।

प्रकाशित: १९ मंसिर २०७६ ११:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App