‘पुराना परियोजनालाई व्यवस्थित बनाउन नसक्दा विकास र समृद्धिको अवस्था कमजोर देखियो’

बिहिबार, १९ मङि्सर २०७६, १६ : ५३ नागरिक

काठमाडौं– प्रदेश मन्त्रीहरुले पुराना परियोजनालाई व्यवस्थित बनाउन नसक्दा विकास र समृद्धिको अवस्था कमजोर देखिएको बताएका छन्। समृद्धि र विकासबारे बिहीबार काठमाडौंमा आयोजित ‘आर्थिक समृद्धि र राजनीति’ सम्बन्धी कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सरकारले पुराना परियोजनालाई व्यवस्थित रुपले प्रयोगमा ल्याउन नसकेको बताए।

उनले विकास निर्माण र आर्थिक समृद्धिका लागि राजनीतिज्ञहरुले दुरगामी दृटिकोण राख्न नसकेको समेत बताए। उनले पर्यटन वर्ष मनाउँदै गर्दा त्यसलाई असर पार्नेगरी आएका प्रतिवेदनहरुमा कसैले चासो नदिएको समेत बताए।

प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले आर्थिक विकासका लागि नेपालको हावापानीको आधारमा कृषि उत्पादनलाई बढाउनुपर्ने बताउनुभयो । उहाँले कामको अवसर र उत्पादनको अत्याधिक सम्भावनालाई छाडेर विदेश जानुपर्ने अवस्थाको अन्त्य गरे मात्र विकास सम्भव रहेको बताए।

कार्यक्रममा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराइले संघीय सरकार, प्रदेश र स्थानीय तहले पहिलो वर्षमा विकासको आधार निर्माण गरेकाले देशको आर्थिक वृद्धिदर ७ प्रतिशत पुगेको बताए। उनले कृषि, पर्यटन लगायतका क्षेत्रमा सकारात्मक परिणामहरु देखापरेको बताए।

कार्यक्रममा सहभागीहरुले असल नागरिक उत्पादन गर्ने क्षमता राजनीतिज्ञहरुसँग नभएकाले विकास निर्माणले गति लिन नसकेको बताए। त्यस्तै कार्यक्रममा आर्थिक विकास र समृद्धिका विषयमा राजनीतिक रुपमै शिक्षा फैलाउनुपर्नेमा जोड दिइएको थियो।





यसमा तपाईको मत

अन्य समाचार

मोटरसाइकलको हेरचाह कसरी गर्ने ?

मोटरसाइकलको हेरचाह कसरी गर्ने ?

मोटरसाइकलको हेरचाह गर्ने तरिका ! ...

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ? ...

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

Ncell Footer Ad