coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सावित्राले रचिन कीर्तिमान

काठमाडौं-  १३औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत महिला फुटबलको खेलमा अहिले नेपाल र माल्दिभ्सबीच खेल चलिरहेको छ। पहिलो हाफको खेल चलिरहँदा नेपाल २–० ले अगाडि छ। नेपालकी सावित्रा भण्डारीले दुबै गोल गर्दा पूर्वकप्तान अनुको कीर्तिमान तोडिएको हो।

साबित्राले पूर्वकप्तान अनु लामाको ३५ गोलको कीर्तिमान तोडेकी छन्। खेल सुरु भएको १६ औं मिनेटमा अग्रता लिएको नेपालले २० औं मिनेटमा अर्को गोलगरेसँगै अग्रता दोब्बर बनाएको हो।

पोखरा रंगशालामा नेपालकी लागि पहिलो गोल गरेकी साबित्रा भण्डारीले दोस्रो गोल गरेकी छन्। १६ औं मिनेटमा अनिता बस्नेतको पासमा गोल गरेकी साबित्राले २० औं मिनेटमा दोस्रो गोल गरेकी छन्। योसंगै यसअघि साबित्राले किर्गिस्तानमा सम्पन्न नाडेज्दा कपमा गोल गर्दै अनुको ३५ गोलको कीर्तिमान बराबरी पारेकी थिइन्।

प्रकाशित: १९ मंसिर २०७६ ०९:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App