६ वैशाख २०८१ बिहीबार
राजनीति

अमेरिकाले दुई 'स्काई ट्रक' सेनालाई पुसमा हस्तान्तरण गर्ने

प्रधानसेनापति पूर्णचन्द्र थापा र अमेरिकी सहायक रक्षामन्त्री रेन्डल स्क्रिभरबीच बिहिबार भेट भएको छ। तस्बिर : सैनिक जनसम्पर्क निर्देशनालय

काठमाडौं- प्रधानसेनापति  पूर्णचन्द्र थापा र अमेरिकाका सहायक रक्षामन्त्री रेन्डल स्क्रिभरबीच भेटवार्ता भएको छ। जंगी अड्‍डामामा भएको शिष्टाचार भेटमा अमेरिकाले नेपाली सेनालाई गर्दै आएको सहयोगको विषयमा छलफल भएको नेपाली सेनाका प्रवक्त विज्ञानदेव पाण्डेले बताए। अमेरिकाले नेपाली सेनालाई चार वटा 'स्काई ट्रक' उपहार दिने यस अघिनै बताइसकेको छ।

अमेरिकाले उपहार दिने मध्ये दुई वटा 'स्काई ट्रक' पुस २ गते हस्तान्तण गर्न लागेको पनि पाण्डेले बताए।

यसेतै भेटमा नेपाली सेनाको विपद् व्यवस्थापन क्षमता, विश्‍व शान्ति स्थापनाका लागि नेपाली सेनाको भूमिका विषयमा रेन्डलसँग कुराकानी भएको थियो। रेन्डलले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालको पनि भ्रमण गरेका छन्।

 

 

 

प्रकाशित: १९ मंसिर २०७६ ०७:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App