८ वैशाख २०८१ शनिबार
समाज

बाँके निकुञ्जमा सात वयस्क पाटेबाघ, एक वर्षमा तीन थपिए

क्यामेरा ट्रयापिङबाट बाँके निकुञ्जभित्र देखिएको पाटे बाघ ।

टेकेन्द्र बस्याल 

कोहलपुर–एक वर्षको अवधिमा बाँके राष्ट्रिय निकुञ्जमा तीन वटा नयाँ वयस्क पाटे बाघ थपिएको छन्। अघिल्लो वर्ष सन् २०१५ मा चार वटा पाटे बाघ रहेको निकुञ्जमा २०१६ मा बढेर सात वटा पुगेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वार्डेन डिलबहादुर पुनले २०१६ को गणना अनुसार बयस्क पाटे बाघ सात वटा रहेको पुष्टि गरे।

 दुर्लभ पाटेबाघको संरक्षणकालागि २०६७ मा स्थापना भएको निकुञ्जमा एक वर्षको अवधिमा तीन वटा पाटे बाघ थपिएको उनले जनाए। गत फागुन र चैत महिनामा निकुञ्जमा बाघ गणनाकालागि राखिएका क्यामेरा ट्रयापिङबाट सात वटा वयस्क पाटे बाघ रहेको पुष्टि भएको हो। निकुञ्जको कोहलपुर, ओभरी र शिवखोला गरी तीन ब्लकमा राखिएको  क्यामेरा ट्रयापिङबाट सात वटा बाघ भएको पुष्टि भएको निकुञ्जका वार्डेन पुनले जानकारी दिए।

तीन ब्लकमा गरिएको क्यामेरा ट्रयापिङबाट १५ वटा बाघका तस्विर कैद भएका थिए। सुरुमा नौं वटा पाटे बाघ रहेको बताएपनि दुई वटा पाटेबाघ बर्दिया निकुञ्जका भएको निकुञ्जले जनायो। ‘बर्दिया निकुञ्जबाटसमेत पाटे बाघ बाँके निकुञ्जमा आउँदा नौं वटा बाघ देखियो,’ वार्डेन पुनले भने, ‘बाँके निकुञ्जमा रहेका भनिएका सात वटा मात्र हुन्।’

दुई वटा बाघ बर्दिया निकुञ्जको सीमाबाट वारपार गरेको पुष्टि भएको उनले जनाए। बाघ दिवसको अवसरपारि बाँके निकुञ्जमा हरेक बाघ गणना गरिन्छ। बाँके निकुञ्जले फेरि क्यामेरा ट्रयापिङबाट बाघ गणना सुरु गर्न थालेको छ। वार्डेन पुनले सन् २०१६ को सुरुवातमा गरेको गणनामा सात वटा बाघ भेटिएको र यसको अन्तमा कति बढे भन्ने तथ्याक लिन फेरि गणना सुरुको तयार भएको जानकारी दिए।

पाटे बाघ मात्र सात वटा रहेपनि निकुञ्जभित्र पाटेबाघसहित अन्य बाघको संख्या १५ रहेको बताएको छ। नेपालमा १९८ वयस्क पाटेबाघ मध्ये सात वटा बाँके निकुञ्जमा रहेको पहिचान भएको छ। बाघको संरÔण तथा संख्या वृद्धिकालागि सहयोग पुर्याउने उद्देश्यसहित हरेक वर्È जुलाई २९ मा बाघ संरक्षण दिवस मनाउने गरिन्छ । देशकै कान्छो निकुञ्जका रुपमा २०६७ साल असार २८ गते स्थापना भएको हो।

कुल ५५० वर्ग किलोमिटर क्षेत्रफल रहेका निकुञ्ज र मध्यवर्ती क्षेत्र बाँके, दाङ र सल्यान जिल्लाको ३४३ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ। पाटे बाघ संरक्षणका लागि विस्तार भएको बाँके निकुञ्जमा अहिलेसम्म ७ वटा बाघ रहेका छन्। यहाँ बाघसम्बन्धी अध्ययन, जानकारी लिन सकिन्छ। निकुञ्जमा ३ वटा जंगली हात्ती रहेका छन्। यहाँ दर्जनौ संख्यामा अजिङ्गरसमेत छन्। यहाँ दुई सय बढी प्रजातिका चराचुरुंगी र जीव जनावरको बासस्थान रहेकोले पनि पर्यटकीय अवलोकन र अनुसन्धानका लागि महत्वपूर्ण छ।
निकुञ्जभित्र पाटेबाघ, चितुवालगायत अन्य हात्ती, भालु, मृग, चित्तल, बँदेल आदि जनावर समेत रहेका छन्।

प्रकाशित: २८ मंसिर २०७३ ०५:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App