६ वैशाख २०८१ बिहीबार
समाज

धर्मस्थलीमा खाेलाले बगाएका सरकारी कर्मचारीको उद्धार, विष्णुमतीले बगाएकी महिला बेपत्ता

काठमाडौं— तारकेश्वश्र नगरपालिका धर्मस्थलीस्थित खोलामा आएको बाढीले शुक्रबार धर्मस्थली बस्ने पशु सेवा केन्द्र धर्मस्थलीका कार्यालय प्रमुख ५१ वर्षीय जयप्रकाश यादवलाई बगायो। मोटरसाइकल सहित बगाएका उनको खोजीमा खटिएको प्रहरीले केही समयपछि सकुशल उद्धार गरेको थियो।

खोलाले बगाएको यादव चढेको बा.६३ प ८२८ नम्बरको मोटरसाइकल भने प्रहरी टोलील फेला पार्न सकेको छैन। ‘कार्यालय प्रमुख यादवको अवस्था सामान्य छ। बगाएको मोटरसाइकल खोज्दैछौं’, प्रहरीले भन्यो।

यसैगरी काठमाडौं महानगरपालिका शोभाभगवती नजिक विष्णुमती खोलाले एक महिला बगाएको छ। नाम, थर, वतन नखुलेकी उनको प्रहरीले खोजी गरिरहेको छ।

प्रकाशित: १७ असार २०७३ ११:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App