४ वैशाख २०८१ मंगलबार
समाज

पुरुष नभएपछि छोरीले दिइन् आमालाई दागबत्ती

रोल्पा-ब्लड क्यान्सर भएर मृत्यु भएकी एक महिलालाई आफ्नै नाबालिका छोरीले दागबत्ती दिएकी छिन् ।  रोल्पा जिल्लाको रांकोट, भालुकोट घर भई हाल लिवाङमा बस्दै आएकी ३६ वर्षीया यमुना वलीलाई ब्लड क्यान्सर भएपछि उपचारका लागि विभिन्न निकायमा सहयोगको याचना गर्दागर्दै गत आइतबार मृत्यु भएको थियो ।

श्रीमान् वैदेशिक रोजगारीमा साउदी अरबमा रहेका तथा छोरो ३ वर्षको मात्र रहेका कारण १३ वर्षीया छोरी कमला वलीले दागबत्ती दिएकी हुन् । धार्मिक संस्कारअनुसार अन्त्येष्टि गर्नसमेत नसकेपछि नेपाल महिला सङ्घ रोल्पाको पहलमा अन्त्येष्टिका लागि आवश्यक सामान उपलब्ध गराइएको नेपाल महिला सङ्घ, रोल्पाका अध्यक्ष पुष्पा श्रेष्ठले बताए।

मृतक वलीको संरक्षकत्वमा उनकै अपाङ्ग नन्द बस्दै आएकी थिइन् । “उनको मृत्युपछि नाबालक रहेका तीन छोराछोरी र नन्दको बिचल्ली भएकाले सहयोगका लागि विभिन्न दातालाई आग्रह गरेका छौँ”, श्रेष्ठले भने भयो ।  लामो समय सम्पर्कमा नरहेका उनका श्रीमान् पछिल्लो पटक भने सम्पर्कमा आई छुट्टी मिलेपछि घर फर्कने बताएको पारिवारिक स्रोतले जनाएको छ । रासस

प्रकाशित: २८ मंसिर २०७३ ०५:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App