८ वैशाख २०८१ शनिबार
अर्थ

भ्रमण वर्ष सफल पार्न ३१ देशका राजदूतलाई आग्रह

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० सफल बनाउन नेपालमारहेका ३१ देशकाराजदूतर पाँच वैदेशिक साझेदार संस्थाका प्रमुखसँग आग्रह गरेका छन्। बुधबार मन्त्री भट्टराईलेराजदूतर वैदशिक साझेदार संस्था प्रमुखलाई मन्त्रालयमै बोलाएर हरेक नेपालीको अभियानमा सबैको साथको खाँचोरहेको बताए। उनले भ्रमण वर्ष २०२० सफल पार्न नेपालस्थित राजदूतहरूको महत्वपूर्ण भूमिका हुने भन्दै आफ्ना देशका नागरिकलाई नेपाल भ्रमणको सूचना सम्पेषण गरिदिन आग्रह गरे।

विश्वभरका नागरिकलाई नेपाल भ्रमण वर्षमा नेपाल आएरराष्ट्रिय अभियानमा जोडिन आग्रह गर्दै मन्त्री भट्टराईले विश्वभर नेपाल भ्रमणको सूचना तथा सन्देश प्रवाह गर्न आग्रह गरे। ‘नेपाल भ्रमण वर्ष २०२० को विषयमा यहाँहरूका देशमा सकेसम्म बढी सन्देश प्रवाह गरी त्यहाँका नागरिकलाई नेपाल पठाइदिन अनुरोध गर्छु,’ मन्त्री भट्टराईले भने, ‘नेपाल भ्रमण वर्षको अभियान कुनै व्यक्ति विशेषको नभईराष्ट्रिय अभियानरहेकाले आउँदै गरेको अंग्रेजी नयाँ वर्ष २०२० तथा क्रिसमस नेपालमै मनाउने सन्देश आ–आफ्नो देशको नागरिकसम्म प्रवाह गरिदिनुहोस्।’

नेपाल भ्रमण वर्षको उद्घाटन समारोहमा सम्बन्धित देशका पर्यटनमन्त्रीलाई सहभागी हुन निम्तो गरिसकेको जनाउँदै आफ्ना देशका पर्यटनमन्त्रीलाई उपस्थित गराइदिने पहलकदमीको लागि समेत मन्त्री भट्टराईले अनुरोध गरे। विनाशकारी भूकम्पबाट भत्किएका आठ सय ९१ सम्पदामध्ये तीन सय ८७ को पुुनः निर्माण सकिएकोर बाँकी निर्माणको क्रममारहेको समेत उनले जानकारी गराए। अबको दुई वर्षभित्रै पुर्ननिर्माण गर्न बाँकी सम्पदालाई समेत पहिलेकै अवस्थामा उठाउन सरकार गम्भीर भएर लागेको भट्टराईले जानकारी गराए।

नेपालको कुल गार्हस्थ उत्पादनमा पर्यटनको तीन प्रतिशत योगदानरहेको जानकारी दिँदै उनले १५औं पञ्चवर्षीय योजना सम्पन्न हुँदासम्म १० प्रतिशत योगदान गर्ने लक्ष्यरहेको बताए। मन्त्री भट्टराईले अहिले विदेशी पर्यटकले नेपालमा प्रतिदिन ४४ डलर खर्च गरिरहेकोर अब ८० डलर खर्च गराउने तथा वार्षिक ३५ लाख पर्यटक नेपालमा भित्र्याउने लक्ष्यरहेको जानकारी गराए।

मन्त्री भट्टराईले आगामी सन् २०२० मा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलर २०२१ मा पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउने जानकारी दिँदै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको वातावरण मूल्याकंनको लागि वन मन्त्रालयमा फाइल पुगिसकेको समेत स्मरण गराए।

उक्त विमानस्थलको लगानी मोडलबारे लगानी बोर्डले काम गरिरहेको उनले जानकारी गराए। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने विमान कम्पनीलाई आकर्षक ‘प्याकेज’ सरकारले छिट्टै घोषणा गर्ने जानकारी गराए। केही दिनपहिले मात्रै मन्त्री भट्टराईले अबको पाँच वर्ष भित्रै निजगढ विमानस्थलबाट अमेरिका उड्न मिल्ने दाबी गरेका थिए।
युरोपियन युनियन लगायतले नेपालको हवाई सुरक्षाको विषयमाराखेको चासोप्रति गम्भीररहेको भन्दै उनले अन्तरराष्ट्रिय हवाई सुरक्षाको मापदण्ड पूरा गर्न सरकार सक्रियरहेको बताए

। निजी तथा सरकारी वायुसेवा चाँडै विश्वभरका आकाशमा निर्वाध उड्न पाउने आफूमा विश्वासरहेको उनको भनाइ छ। मन्त्री भट्टराईले आगामी १० वर्षभित्रै सबै आन्तरिक विमानस्थललाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको बनाउने लक्ष्यरहेको पनि जानकारी गराएका छन।

छलफलमा सहभागीराजदूतले नेपाल भ्रमण वर्षलाई सफल पार्न आफूहरू तयाररहेकोर मन्त्रीको सन्देश प्रवाहमा सहयोग गर्ने प्रतिबद्धता जनाए।

छलफलमा चिनियाँराजदूत हाउ यान्छी, अमेरिकीराजदूतर्यान्डी डब्लू बेरी, अस्ट्रेलियाकाराजदूत पिटर ग्रेम बड, जर्मनीकाराजदूतरोलान्ड साफर, जापानकाराजदूत मासाभिची साइगो, संयुक्तराष्ट्रसंघका आवासीय संयोजक भ्यालरी जुलिया, युरोपियन युनियनका प्रमुख भेरोनिका काडी मन्त्रालयका सचिव केदारबहादुर अधिकारी तथा भ्रमण वर्षकाराष्ट्रिय संयोजक सुरज वैद्यलगायतको सहभागगिता थियोे।

प्रकाशित: १९ मंसिर २०७६ ०२:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App