८ वैशाख २०८१ शनिबार
खेल

अरुणाको नेतृत्वमा म्याग्दीको टोली

म्याग्दी- राष्ट्रिय महिला भलिबल टोलीकी अरुणा शाहीको नेतृत्वमा रहेको म्याग्दीको भलिबल टोली सोमबार पश्चिमाञ्चलस्तरीय छनोट प्रतियोगितामा फाइनल पुगेको छ। पूर्वाञ्चलमा हुने राष्ट्रिय प्रतियोगिताको छनोट खेलमा म्याग्दीले मुस्ताङ, स्याङ्जा र रुपन्देहीलाई पराजित गर्दै फाइनलयात्रा तय गरेको थियो।

पिप्ले गाविसमा जन्मिएर एक दशकयता राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलमा सहभागी अरुणाले पहिलोपल्ट गृहजिल्लाको टोलीलाई नेतृत्व गरिरहेकी छन्।

'म उत्साही छु, आफू जन्मिएको जिल्लाको टोलीलाई फाइनलसम्म पुर्‍याउन सफल भएँ। खेलकुदमा महिलालाई गरिएको लगानी खेर गएको छैन,' अरुणाले भनिन्।

क्षेत्रीय भलिबल छनोटमा अरुणा आकर्षणको केन्द्रबिन्दु बनिरहेकी छन्।

विगतमा अञ्चल तथा क्षेत्रीयस्तरका खेलमा म्याग्दीको महिला टोलीको प्रदर्शन निकै फितलो हुन्थ्यो। तर यसपल्ट स्थिति फरक छ। पश्चिमाञ्चलका १४ जिल्लाबाटसहभागी महिला टोलीविरुद्ध म्याग्दीले सशक्त खेलपस्किइरहेको छ।

छनोट प्रतियोगिताको उद्घाटन सत्रमा राष्ट्रिय झन्डासहित बजार परिक्रमामा समेत सहभागिता जनाएकी अरुणाले जिल्लामा खेलकुदसम्बन्धी गतिविधिले प्राथमिकता पाउँदा महिलालाई आफ्नो प्रतिभा उजागर गर्न सजिलो भएको बताइन्।

आफूले जानेको सीप र अन्तर्राष्ट्रियअनुभव छनोट खेलमार्फत सहकर्मीलाई बाँडिइरहेकोअरुणाले बताइन्। २०६४ सालमा विद्यालयबाट भलिबलमा प्रवेश गरेकी अरुणाले क्षेत्रीय हुँदै राष्ट्रिय टोलीमा स्थान बनाएकी थिइन्। 

जिल्ला खेलकुद विकास समितिले अरुणाको उपस्थितिले जिल्लाका महिला खेलाडीलाई खेलमा सहज भएको जनाएको छ।

'इतिहासमै पहिलोपटक म्याग्दीको महिला टोली क्षेत्रीयस्तरमाफाइनल पुगेको छ। म्याग्दीले उपाधि जित्नेमा आशावादी छौं,' म्याग्दीभलिबलका प्रशिक्षक तेजेन्द्र बानियाँले भने। उनले  महिला खेलाडीलाई समेत पुरुषसरह केन्द्रीयस्तरबाटै बजेट विनियोजन गर्न आवश्यक रहेको बताए। यसैबीच अरुणालाईसम्मान गरिएको थियो।

प्रकाशित: २८ मंसिर २०७३ ०४:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App