coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

श्रीलंकाद्वारा माल्दिभ्सलाई २८० को लक्ष्य

पोखरा– अन्तर्राष्ट्रिय  महिला टी–२० क्रिकेटमा डेब्यु गरेको माल्दिभ्सलाई श्रीलंकाले भने २८० रनको लक्ष्य दिएको छ।

हर्सिथा महादेवीले ४७ बलमा १५ चौका र ३ छक्कासहित १०६ रनको शतकीय पारी खेलेपछि माल्दिभ्सले २८० रनको लक्ष्य पाएको हो। सत्या सन्दिपानीले ९६ रन बनाईन्। १३ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भएको खेलमा  उनले ४८ बल खेल्ने क्रममा ११ चौका ३ छक्का हिर्काईन्। 

टस हारेर व्याटिङ गरेको श्रीलंकाले यु.थिम्साहिनीलाई १८ रनमा एलबी डब्लुको धरापमा पार्दै पहिलो विकेट लिएको माल्दिभ्स बलरले दोस्रो विकेटको रुपमा अज अन्जलीको लिए।

अन्जलीले ३२ रनमा बनाईन्। श्रीलंकाले २ विकेटको क्षतिमा २७९ रनको विशाल स्कोर बनाएको हो। माल्दिभ्सले केही बेरमा व्याटिङ गर्ने छ। सोमबार भएको खेलमा नेपालले माल्दिभ्सलाई १० विकेटले पराजित गरेको थियो। 

प्रकाशित: १८ मंसिर २०७६ ०९:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App