दैलेख– भगवतीमाई गाउँपालिकाले गाउँपालिकाभर विकास निर्माणका लागि छुट्टै कार्यदल गठन गरेर बेराजगारलाई रोजगारी दिएको छ। उनीहरुलाई हप्तादिन तालिम दिएर रोजगारीका लागि तयार बनाएको हो।
गाउँपालिकाभर गरिने विकास योजनालाई एकिकृत गरेर रोजगारको खाका तयार बनाईएको छ। गाउँपालिकाभर तत्काललाई २० योजनाको करिब १ करोड ५० लाख रुपैयाँ रोजगार बैंक मार्फत सञ्चालन गरिने छ। जसमा तत्काल १ सय ४० बेरोजगार युवाहरुले रोजगार पाउने छन्। उनीहरुलाई घर पायक पर्ने स्थानमा हुने विकास निर्माणमा संलग्न गराई रोजगारी गाउँपालिकाले दिएको हो।
गाउँपालिकाले डोजर लगाएर बाहिर पैसा जान थालेको भन्दै त्यो पैसा गाउँमै रोजगारी मार्फत रोक्नका लागि रोजगार बैंक कार्यक्रम ल्याएको हो। ‘तत्काललाई २० योजनाको करिब १ करोड ५० लाख रुपैयाँ रोजगार बैंक मार्फत गाउँमै रोजगारी पाएका स्थानीयहरुले पारिश्रमिक पाउनेछन्।’गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले भने, अन्य कार्यक्रमहरु प्रदेश र संघबाट आएमा रोजगारीको संख्या बढ्ने छ।’ भगवतीमाई गाउँपालिकामा रहेको ७ वटा वडामा प्रति वडा २० जनाका दरले १ सय ४० जनाले तत्काल रोजगार पाउनेछन्। उनीहरुलाई १२ महिना नै काम पाउने गरि गाउँपालिकाले व्यवस्थापन गरिरहेको छ।
गाउँपालिकाले प्रत्येक कामदारलाई १० लाखका दरले बिमा समेत गरेको छ। यो वर्षबाट लागु भएको कार्यक्रम कात्तिकबाट सञ्चालनमा ल्याइएको गाउँपालिकका अध्यक्ष थापाले बताए। उनीहरुले नेपाल सरकारले तोकेको दैनिक ज्यालादारी कम नियमअनुसार पाउनेछन्। प्रत्येक टिममा व्यवस्थापक अध्यक्ष १ जना हुनेछन्।
गाउँपालिकाका प्राविधिकहरुले महिनादिनसम्म गर्ने कामको बाँडफाड गर्नेछन्। त्यही अनुसार व्यवस्थापक र अध्यक्षले काममा खटाउनेछन्। सबैको हिसावकिताव राख्नेछन्। नियमित काममा खटिए कम्तीमा १५ हजारदेखी २० हजारसम्म एक जनाले मासिक कमाउँनेछ। यो टोलले गाउँमा भैईपरि आउने कामदेखी विपत व्यवस्थापनका कामहरुमा तत्काल पुग्ने गाउँपालिकाले जनाएको छ। ‘कति दिन, के काम गर्ने पहिले नै स्पष्ट हुन्छ।' गाउँपालिकाका अध्यक्ष थापाले भने, 'बेरोजगारहरुको मापदण्ड बनाएर छनौट गरेका छौं। उहाँहरुलाई वर्षभरी रोजगारी दिन्छौं।’
घरखर्च चलाउनका लागि बेरोजगार युवाहरु खाडी मुलुक र भारतमा काम गर्न जानुपर्ने बाध्यता हटाउन र त्योे श्रम गाउँपालिकामै प्रयोग गर्नका लागि रोजगार कार्यक्रम ल्याएको अध्यक्ष थापाको भनाइ छ। उनीहरुलाई ३ दिन तालिम दिएर काममा पठाईने छ।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
डिस होमले आफ्ना ग्राहकहरुलाई सदस्यता शुल्क समाप्त भइसके पछि पनि ३ दिन सम्म थप म्याद दिदै आएकोमा अब उक्त सेवाको...
केही वर्षअघिसम्म १–२ जना आन्तरिक पर्यटक मात्र आउने मकवानपुरगढी क्षेत्रमा अहिले दैनिक हजारभन्दा बढी आउन थालेका छन् । ...
सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरेको छ । ...
कामना सेवा विकास बैंकले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर १० स्थित मनमैजुमा शाखा विस्तार गरेको छ । ...
एभरेस्ट बैंकले ललितपुरको धापाखेलस्थित सेल्फ–हेल्प ग्रुप फर सेरेब्रल पल्सी, नेपाल (एसजिसिपी) लाई एक थान स्कुल भ्यान हस्तान्तरण गरेको छ ।
नेपाल टेलिकमले मुगुस्थित रारातालमा फोरजी मोबाइल सेवा प्रदान विस्तार गरेको छ । ...
कुमारी बैंकले काठमाडौंको नक्सालमा भवन शिलान्यासको निम्ति भूमीपूजन गरेको जनाएको छ । ...
इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले ‘जाडो याममा तात्तातो हिटरनेट’ अफर ल्याएको छ । ...
यसमा तपाईको मत