८ वैशाख २०८१ शनिबार
समाज

ब्राउनसुगर सहित चार युवक पक्राउ

ब्राउनसुगर सहित पक्राउ परेका चारजना युवकलाई सार्वजनिक गर्दै गोलबजार प्रहरी। तस्बिरः नागरिक

लहान- गोलबजार नगरपालिका–६ बाट प्रहरीले ब्राउनसुगर सहित चार जना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा गोलबजार–६ का १८ वर्षीय बालकृष्ण साह, वडा नम्बर ३ का १८ वर्षीय मनिष श्रेष्ठ, २२ वर्षीय विमलकुमार साह र उनका भाई १८ वर्षीय निलमकुमार साह छन्।

ईलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर जनक पुरीको कमाण्डमा खटिएको टोलीले मंगलबार राति चारैजनालाई ब्राउनसुगर सहित पक्राउ गरेको हो। बिक्रीका लागि तयार पारिएको ८ वटा पोका ब्राउनसुगर सहित पक्राउ चारैजनालाई लागूऔषध मुद्दामा कारवाही अघि बढाइएको सिरहा प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।

आर्थिक वर्ष २०७६/०७७ को साउन महिनादेखि हालसम्म (मंसिर १८) गोलबजार प्रहरीले १८ ग्राम ब्राउनसुगरसहित २३ जनालाई पक्राउ गरी लागूऔषध कारोबार सम्बन्धि मुद्दा चलाइएको छ।


 

प्रकाशित: १८ मंसिर २०७६ ०७:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App