coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अन्योैल बिच दिइयो राँगा बली (फोटोफीचर)

बारा- गढीमाईलाई मंगलबार बिहानै दिनुपर्ने राँगा बली अन्यौल बिच दिइएको छ। बली दिने की नदिने भनेर अन्यौल बढेकोले यस भन्दा पहिलाका मेलाहरुमा राँगाको बली दिने कार्यमा खटिनेहरुलाई दुई तीन दिन पहिलादेखि नै मेला समितिले नियुक्त गर्ने गरे पनि यस वर्ष नियुक्त नगर्दा बली दिने कार्य अन्यौलमा परेको थियो। गढीमाईलाई बली दिनको लागि ल्याइएको राँगा राखिएको रंगशालामा खुकुरी लिएर पुगेको दुई सय जनाको सख्यामा रहेकाहरुले रंगशाला भित्र प्रवेश गरि राँगालाई बली दिइएका हुन्।

 

यसैगरि बाराको महागढीमाई मेलामा मंगलबार मात्रै १५ भन्दा बढी श्रद्धालुहरुले दर्शन गरेका छन्। गढीमाई मेलामा एकै चोटी लाखौ संख्यामा श्रद्धालुहरु पुगेपछि भिड नियन्त्रण गर्न सुरक्षाकर्मीहरुलाई हम्मे हम्मे भएको छ।

मेलामा आउनको लागि प्रयोग गरिने बिभिन्न सडकहरुमा सवारी साधनले गर्दा १५/१५ किलोमिटर क्षेत्रफलसम्म जाम समेत लागेको बारा प्रहरीले जनाएको छ। कलैया– बरियारपुर, बरियारपुर – भारतको छौडादानव , लगाएतको अधिकाँश सडकहरुमा लामो सवारी जाम भएपछि श्रद्धालुहरु घण्टौ हिडेर मेलासम्म पुग्न बाध्य भएका छन्।

मानवत– मटिअर्वा सडकखण्डमा सवारी चालकको चाप अन्य दिनको तुलनामा अत्याधिक रहेको छ। पिलुवादेखी कलैयासम्म अत्याधिक सवारी साधन चलिरहेको हो। यसैगरी गञ्जभवानीपुरदेखी गढीमाई जाने सडकमा मानिस तथा सवारी साधनको अत्याधिक भिड देखिएको बाराका प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताए।

भारतको विभिन्न राज्य र नेपालको बिभिन्न जिल्लाहरुबाट श्रद्धालु अन्य दिनको तुलनामा धेरै पुगेकाले सडक र मेला क्षेत्रमा श्रद्धालुहरुको पत्याउनै नसकिने अवस्थाको भिड भएको खनालले बताए। बिगतका वर्षहरु झै यस वर्ष पनि जनकपुरको विवाह पञ्चमी महोत्सव हेरेर भारतीय गाडीहरु गढीमाई पुगेको हुनाले मंगलबार १५ लाख भन्दा बढि श्रद्धालुहरुलाई व्यवस्थापन गर्न चुनौती बनेको उपरीक्षक खनालले बताए।

विवाह पञ्चमीमा जनकपुरबाट बरियारपुरसम्म आउने दर्शनार्थिहरुको गाडीको कारणले समेत अधिकाँश सडकहरुमा सवारी जाम हुन पुगेको उनले बताए। यसवर्ष गढीमाई मेला भर्न नेपालको महेन्द्र नगरदेखी झापा विर्तामोड तथा राजधानी काठमाण्डौं लगायतका अधिकाँश जिल्लाबाट श्रद्धालुहरु आएको बारा प्रहरीले जनाएको छ।

 

दिईयो राँगा बली
महागढीमाई नगरपालिकाको बरियारपुरमा जारी रहेको गढीमाई पञ्चवर्षिय मेलामा मंगलबार बिहानै देखि रांगाको बलि दिने कार्य सम्पन्न गरिएको छ। बिहानै देखि राँगा बलि दिनु भन्दा पहिला सोमबार १२ बजे रातिदेखि गढीमाईको पुजारीहरुले तान्त्रीक विधि अनुसार मंगलबार बिहान ७ बजेसम्म पुजा गरेर पञ्चबलि दिएपछि राँगा बलि दिने कार्य सुुरु गरिएको मन्दिरका पुजारी शिव चौधरीले बताएका छन्।

गढीमाईसँग मागेको भाकल पुरा भएपछि नेपालको बिभिन्न स्थान र भारत बिहार, उत्तर प्रदेश र बंगालको बिभिन्न जिल्लाहरुबाट श्रद्धालुहरुले गढीमाईलाई बली दिनको लागि राँगाहरुलाई लिएर आएका थिए।

 


नेपाल र भारतको बिभिन्न स्थानहरुबाट एक हप्ता पहिलादेखि श्रद्धालुहरुले लिएर आएका राँगाहरुलाई रंगशालामा जम्मा गरिएको राखिएको पुजारी चौधरीले बताए। रंगशालामा श्रद्धालुहरुले पाँच हजारको हाराहारीमा बलीको लागि राँगाहरुलाई लिएर आएको ती सबै राँगाहरुको बलि दिने व्यवस्थान समितिका पदाधिकारीहरुले बताएका छन्।

गढीमाई पञ्चवर्षिय मेलामा दिने पशु बलीको विषयलाई लिएर नकारात्मक प्रचार वाजी भएको भन्दै बली दिने कार्यमा अन्यौल बढेको थियो।

गढीमाईसँग भाकल पुरा भएपछि धेरै श्रद्धालुहरुले राँगा दिने गरे पनि त्यसलाई रोक्नु पर्छ भनी डलर खाने गैर सरकारी संस्थाहरुले माग गरेपछि यस क्षेत्रमा त्यसको बिरोध समेत सुरु भएको थियो।

 

 

प्रकाशित: १८ मंसिर २०७६ ०७:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App