coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

थुनुवा फरार प्रकरण : योजनाकार सहित चार पक्राउ

एक्लो फोटोमा रोशन खड्का। तीन जनाको फोटोमा बायाँबाट क्रमशः रणधीर, नविन रगणेश। तस्बिरःमिथिलेश/नागरिक

लहान- लक्ष्मीपुपतारी गाउँपालिका स्थित ईकाला प्रहरी कार्यालयको हिरासतबाट शनिबार फरार ८ जना थुनुवामध्ये चारजना पक्राउ परेका छन्। भागेका तीन जनालाई मंगलबार राति पक्राउ गरीएको हो। एकजना तत्कालै पक्राउ परेका थिए।

शनिबार विवाहपञ्चमी र उपनिर्वाचनका लागि प्रहरी चारैतिर खटिएका थिए। त्यही मौका छोपी साँझको खाना खाने बेलामा थुनुवा कक्षको पछाडी पट्टिको ताल्चा प्रेसर कुकुरको डण्डीले तोडेर ८ जना पुरुष थुनुवाहरु फरार भएका थिए।

फरारमध्ये नरहा गाउँपालिका –१ तिलाठीका २३ वर्षीय नविन यादव, गोलबजार नगरपालिका ६ का २१ वर्षीय गणेश कुमार साह, सखुवान्कारकट्टी गाउँपालिका भौर गाउँका २१ वर्षीय रणधीर यादवसहित तीन जना मंगलबार राति पक्राउ परेका हुन्। हिरासतबाट भाग्ने योजनाकार भनिएका नविन ४५ दिनअघि ८९ बोतल डाइलक्स डिसी (लागूऔषध) सहित पक्राउ परी लागूऔषध मुद्दामा प्रहरी हिरासतमा थिए।

अर्का योजनाकार गणेश कुमार साह पनि ८९ बोतल डाइलेक्स डिसीसहित पक्राउ परी लागूऔषध मुद्दामा हिरासतमा थिए। रणधीर ४६ बोतल डाइलेक्स डिसी सहित पक्राउ परी लागूऔषध मुद्दा हिरासतमा थिए।

शनिबारै पक्राउ परेका मेरंगका रोशन खडका पनि लागुऔषध ट्याबलेट सहित पक्राउ परी लागुऔषध मुद्दामा हिरासतमा थिए। उनीहरुलाई सिरहाको विभिन्न स्थानमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको सिरहा प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले बताए।

थुनुवाहरुले १५ दिनअघि नै भाग्ने योजना बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। हिरासतबाट ८ जनासँगै भागेपनि बाहिर सबै एक्लाएक्लै लुकेका थिए। फरारमध्ये योजनाकारसहित चार जना पक्राउ परिसकेका छन् एसपी चतुर्वेदीले भने,‘बाँकीका फरार पनि चाँडै पक्राउ पर्छन्।’ फरार अन्यलाई पक्राउ गर्न सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए।

थुनुवा फरार घटना छानविन गर्न समिति
प्रदेश २ प्रहरी कार्यालयका प्रमुख डीआइजी प्रद्युम्न कार्कीले घटनाको अनुसन्धान गर्न बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हरिराज वाग्लेको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। के–कति कारण र कमजोरीले थुनुवा फरार भएका हुन् भन्नेबारे टोलीले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

यता, जिल्ला प्रहरी कार्यालयले घटनाका बखत सेन्ट्री बसेकी प्रहरी जवान सरिता कटुवाल र गार्ड कमाण्डर बसेका प्रहरी हब्दार महेश कुमार यादवलाई निलम्बन गरी अनुसन्धान सुरु गरिसकेको एसपी चतुर्वेदीले जानकारी दिए।

अपुग जनशक्ति
सिरहामा दरबन्दीअनुसार प्रहरी जनशक्ति नहुँदा सुरक्षा चूनौती थपिएको छ। जिल्ला प्रहरी कार्यालय र मातहतमा गरी ९९० जनाको दरबन्दी छ। जसमध्ये २७२ दरबन्दी रिक्त छन्।
 

प्रकाशित: १८ मंसिर २०७६ ०६:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App