coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

निर्जीवन बिमा कम्पनीको बिमाशुल्क ११% ले बढ्यो

काठमाडौं- चालु आर्थिक वर्ष ०७६/७७ को कात्तिक मसान्तसम्म निर्जीवन बिमा कम्पनीको बिमा शुल्क (प्रिमियम) संकलन ११.३९ प्रतिशतले बढेको छ ।

मुलुकमा सञ्चालनमा रहेका २० निर्जीवन बिमा कम्पनीले झण्डै नौ अर्ब रुपैयाँ बिमा शुल्क (प्रिमियम) संकलन गरेका छन् । यी कम्पनीले गत आवको सोही अवधिमा सात अर्ब ८२ करोड रुपैयाँ बिमाशुल्क संकलन गरेको थियो ।
बिमा समितिका अनुसार चालु आवको पहिलो चार महिनामा निर्जीवन बिमा कम्पनीले करिब १८ प्रतिशत बढी बिमालेख बिक्री भएका छन् । गत आवको कात्तिक मसान्तसम्म ६ लाख ५६ हजार बिमालेख बिक्री गरेका निर्जीवन बिमा कम्पनीले चालु आवको सोही अवधिमा करिब सात लाख ७२ हजार बिमालेख बिक्री गरेका हुन् ।

निर्जीवन बिमा कम्पनीका शाखा कार्यालय, अभिकर्ताको संख्या बढेकाले बिमाशुल्क संकलन बढेको बिमा समितिले जनाएको छ । चालु आवको कात्तिक मसान्तसम्म सबैभन्दा बढी बिमाशुल्क शिखर इन्स्योरेन्स कम्पनीले गरेको छ । कम्पनीले करिब एक अर्ब १५ करोड रुपैयाँ बिमाशुल्क शिखर इन्स्यारेन्स कम्पनीले गरेको हो ।

दोस्रो स्थानमा रहेको सगरमाथा इन्स्योरेन्स कम्पनीले सो अवधिमा करिब ८७ करोड रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ । त्यसैगरी, तेस्रो बढी बिमा शुल्क आर्जन गर्ने कम्पनीमा नेको इन्स्यारेन्स कम्पनी रहेको छ । कम्पनीले कात्तिक मसान्तसम्म ७७ करोड रुपैयाँ बिमाशुल्क आर्जन गरेको जनाएको छ ।

समितिका अनुसार सिद्धार्थ इन्स्योरेन्स कम्पनीले सो अवधिमा ७१ करोड रुपैयाँ बिमाशुल्क संकलन गरी तेस्रो स्थानमा रहेको छ । त्यसैगरी, चौथौ बढी बिमाशुल्क आर्जन गर्नेमा एनएलजी इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यो अवधिमा ५७ करोड रुपैयाँ बिमा शुल्क संकलन गरेको छ । आइएमई जनरलले ४६ करोड रुपैयाँ बिमाशुल्क संकलन गरी पाँचौं स्थानमा रहेको छ । समितिका अुनसार छैटौं बढी बिमाशुल्क आर्जन गर्नेमा लुम्बिनी जनरल कम्पनी रहेको छ । कम्पनीले सो अवधिमा ४१ करोड रुपैया बिमाशुल्क आर्जन गरेको छ ।

सातौं स्थानमा रहेको पु्रडेसिन्सयल इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, दी ओरेन्टल इन्स्योरेन्स र नेपाल इन्स्योरेन्स कम्पनीको बिमाशुल्क समान रहेको छ । यी कम्पनीले सो अवधिमा ४२ करोड रुपैयाँ बिमाशुल्क संकलन गरेका छन् ।

त्यसैगरी, नेसनल इन्स्योरेन्सले ३३ करोड, एभरेस्ट इन्स्योरेन्सले ३३ करोड, प्रभु इन्स्यारेन्सले ३५ करोड रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् । समितिका अनुसार हिमालयन जनरल इन्स्योरेन्सले सो अवधिमा २८ करोड रुपैयाँ बिमाशुल्क संकलन गरेको छ ।

युनाइटेड इन्स्यारेन्स कम्पनीले २४ करोड, जनरल इन्स्योरेन्सले १९ र सानिमा जनरल इन्स्योरेन्सले १२ करोड रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् ।
 

प्रकाशित: १८ मंसिर २०७६ ०३:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App