युद्धविराम उल्लङ्घन गर्दै २१७ नागरिकको हत्या

बुधबार, १८ मङि्सर २०७६, ०९ : २३ नागरिक

एडेन (एजेन्सी) – संयुक्त राष्ट्र संघको मध्यस्थतामा भएको युद्धविरामलाई हुथी विद्रोहीले उल्लङ्घन गर्दै एक वर्षमा दुई सय १७ सर्वसाधारणको हत्या गरेको यमन सरकार पक्षधर सुरक्षाकर्मीले मंगलबार बताएको छ।

यमनी सरकार पक्षधर सुरक्षाकर्मीको सञ्चार केन्द्र (जाइन्टस ब्रिगेड) ले दिएको तथ्याङ्कअनुसार यमनको बन्दरगाह सहर होडेइडामा युद्धविरामपछि दुई सय १७ सर्वसाधारणलाई झडपको नाममा विद्रोहीले हत्या गरेको छ। साथै, दुई हजार एक सय ५२ व्यक्ति विद्रोहीको आक्रमणबाट घाइते भएका छन्।

राष्ट्र संघको पहलमा स्टकहोममा युद्धविराम गर्ने सहमति भएको थियो। युद्धविरामले हुथी विद्रोहीलाई आफ्ना आक्रमणलाई बढाउने मौका दिएको र सर्वसाधारणको सुरक्षामा अपेक्षाकृत प्रभाव नदेखिएको जाइन्टस ब्रिगेडले जनाएको छ।

युद्धविराम उल्लङ्घनका रिपोर्टपछि संयुक्त राष्ट्र संघले होडेइडा क्षेत्रमा युद्धविराम अनुगमनका लागि सरकारी र विद्रोही पक्षका प्रतिनिधिसहित आफ्नो टोलीलाई त्यहाँ पठाएको छ। उनीहरूले दुवै पक्षका सेना बसेका स्थलनजीकै पाँच केन्द्र खडा गरेर अनुगमन गरिरहेका छन्।

यमनमा चार वर्षदेखि चल्दै आएको युद्धका कारण करिब १० हजार व्यक्तिले ज्यान गुमाएका छन् भने मानिसले आफ्नो सामान्य जीवनअनुसार गतिविधि गर्न नपाउँदा दुई करोडभन्दा बढी नागरिकले शिविरको जीवन बाँच्नुपरेको छ। इरानको समर्थन पाएका हुथी विद्रोहीले होडेइडाका अधिकांश भागलाई आफ्नो नियन्त्रणमा राखेका छन् भने साउदी नेतृत्वको गठबन्धन सेनाको होडेइडाका दक्षिणपूर्वी जिल्लामा उपस्थिति रहेको छ। स्टकहोम युद्धविराम यमनमा जारी युद्ध अन्त्य गर्दै शान्त एवं सामान्य राजनीतिक जीवनमा फर्किनका लागि गरिएको पहिलो चरणको सहमति हो।








यसमा तपाईको मत

अन्य समाचार

डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प

डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प

सीजी मोटोकर्पको डल्लुस्थित सुजुकी ‘स्टेट–अफ–आर्ट’ सर्भिस सेन्टरमा सुजुकी ब्रान्डका कारधनीहरुका लागि आकर्षक अफरहरु सहित ६ दिने निःशुल्क सर्भिस क्याम्प सुरु...

हुलास स्टिलले ल्यायो ‘हुलास डेक’

हुलास स्टिलले ल्यायो ‘हुलास डेक’

हुलास स्टिल इन्डस्ट्रिजले नेपाली निर्माण बजारमा उपयोगी प्रविधिमा आधारित उत्पादन ‘हुलास डेक’ सार्वजनिक गरेको छ । ...

सिद्धार्थ बैंकको “सरल एसएमइ कर्जा”

सिद्धार्थ बैंकको “सरल एसएमइ कर्जा”

सिद्धार्थ बैंकले साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै आकर्षक ब्याजदरमा पचहत्तर लाख रुपैया सम्मको कर्जा सुविधा सहज रूपमा प्रदान गर्ने...

वेत्रावतीमा टिम्स चेकपोस्ट

वेत्रावतीमा टिम्स चेकपोस्ट

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले पदयात्रा व्यवसायलाई मर्यादित तथा सुरक्षित बनाउन र पदयात्रामा गएका पर्यटकको तथ्यांक राख्न पदयात्रा...

कुमारी स्मार्ट मोबाइल बैंकिङमा योजना

कुमारी स्मार्ट मोबाइल बैंकिङमा योजना

कुमारी बैंकले नगदरहित कारोबारको अवधारणालाई अघि बढाउन तथा नविनतम प्रविधिको प्रयोग प्रोत्साहित गर्न विभिन्न योजना ल्याएको छ । ...

स्ट्यान्डर्ड चार्टर्ड बैंकको सभा

स्ट्यान्डर्ड चार्टर्ड बैंकको सभा

स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

१०औं एफक्यान एक्सिलेन्स अवार्ड सम्पन्न

१०औं एफक्यान एक्सिलेन्स अवार्ड सम्पन्न

नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धि सिद्धि सिमेन्ट १०औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गरेको छ । ...

दराजमा १२.१२ सेलको पालो

दराजमा १२.१२ सेलको पालो

नेपालको बृहत्तर अनलाइन सपिङ गन्तव्य दराजले दराज १२.१२ घोषणा गरेको छ । ...

Ncell Footer Ad