८ वैशाख २०८१ शनिबार
खेल

मिलिसेकेन्डले स्वर्ण कब्जा

काठमाडौं- एथ्लेटिक्समा नेपालका लागि सन्तोषी श्रेष्ठले १० हजार मिटर दौडमा मंगलबार स्वर्ण पदक जितेकी छिन् ।
दशरथ रंगशालाको ट्य्राकमा भएको दौडमा पहिलो ल्यापबाटै अग्रता लिएकी सन्तोषीले निर्धारित दूरी ३५ मिनेट ७.९४ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन् । यता १ मिलिसेकेन्डले पछि पर्दै भारतकी कविता यादवले रजतमा चित्त बुझाइन् । श्रीलंकाकी निलन्थी लंकाले ३५.५९.०२ मा निर्धारित दौड पूरा गर्दै कांस्य पदक हात पारिन् ।

यस्तै एक सय मिटर (पुरुष) दौडमा माल्दिभ्सका शाइद हसनले स्वर्ण पदक जितेका छन् । हसनले निर्धारित  दूरी १०.४९ सेकेन्डमा पूरा गरे । श्रीलंकाका हिमासा एहेसाहनले निर्धारित  दूरी १०.५० सेकेन्डमा  पूरा गर्दै रजत जिते भने पाकिस्तानका सामिउल्लाहले १०.६६ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै कांस्य पदक जिते । एक सय मिटर (महिला) दौडमा भारतकी अर्चना सुसिन्तले स्वर्ण पदक जितिन् । अर्चनाले ११.८० सेकेन्डमा निर्धारित दूरी पूरा गरिन् ।

यस्तै १५ सय मिटर पुरुषतर्फको स्पर्धामा नेपालका टंक कार्कीले कांस्य जितेका छन् । मंगलबार बिहान भएको खेलमा नेपालका टंक कार्कीले निर्धारित दूरी ३ मिनेट ५९.२० सेकेन्डमा पूरा गरे । भारतका अजयकुमार सारोले निर्धारित दूरी ३ मिनेट ५४.१८ सेकेन्डमा पूरा गर्दै स्वर्ण हात पार्दा भारतका अजित कुमारले ३ मिनेट ५७.१८ सेकेन्डमा पूरा गरे । यता महिला १५ सय मिटरमा श्रीलंकाकी  निलानी रत्नानायकेले निर्धारत दूरी ४ मिनेट ३४.३४ सेकेन्डमा पूरा गर्दै स्वर्ण हात पार्दा भारती चन्दाले ४ मिनेट ३४.५१  सेकेन्ड र चित्रा पालाकिजले ४ मिनेट ३५.४६ मा पूरा गर्दै क्रमशः रजत र कांस्य पदक जिते ।

श्रीलंकाकी थनुजी अमासाले निर्धारित  दूरी ११.८२ सेकेन्डमा पूरा गर्दै रजत जितिन् भने श्रीलंकाकै लंसिका सुगन्धले निर्धारित  दूरी ११.८४ सेकेन्डमा पूरा गर्दै कांस्य जितिन् ।

पुरुष हाइजम्प नयाँ कीर्तिमान
मंगलबारै सम्पन्न पुरुष हाइजम्पमा भारतका सर्वेश अनिल केयुले दक्षिण एसियाली खेलकुदमा नयाँ कीर्तिमानका साथ स्वर्ण जिते । उनले २.२१ मिटर जम्प गरेर नयाँ कीर्तिमान राखेका हुन् । यसअघि श्रीलंकाका एम विज्शेखराको नाममा २००४ मा २.२ मिटरको कीर्तिमान थियो । त्यस्तै महिला हाइजम्पमा भारतकी जिस्ना एमले स्वर्ण जितिन् । उनले १.३७ मिटर जम्प गर्दै स्वर्ण जितेकी हुन् ।

 

प्रकाशित: १८ मंसिर २०७६ ०२:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App