coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

बुद्धनगरीमा एकै साथ तीन कृति विमोचन

कपिलवस्तु– बुद्धनगरी कपिलवस्तुको तौलिहवामा एकै साथ तीन वटा कृति विमोचन गरिएको छ। लुम्बिनी बाङमय प्रतिस्ठाले तौलिहवास्थित राधा कृष्णमन्दिरको हलमा राखेको कार्यक्रममा साहित्यकार हरिराज शर्मा हराश र पशुपतिमणि त्रिपाठीद्धारा रचित कृति विमोचन गरिएको हो।

सांसद तथा पुर्वमन्त्री वृजेशकुमार गुप्ता, युधिष्ठिर पाण्डे र रविन्द्र मिश्राले हराशको अमेरिकामा एक सय अस्सी दिन र घम्मलको यशोधरा र ढेबरीको संयुक्त विमोचन गरे। हराशले अमेरिका बस्दा यात्र संस्मरणका कुराहरु आफनो कृत्तिमा उल्लेख गरेका छन्। ढेबरी अवधी कविता संग्रह र यशोधरा अनुसंधानात्न्मक कृति हो। सो अवसरमा सांसद गुप्ताले कृत्तिको खडेरी परेका बेला एकै साथ ३ वटा कृत्ति सार्वजनिक हुनु निकै राम्रो सदंश भएको बताए। उनले विमोचन भएको ३ वटै कृत्तिले जिल्लाको चिनारीमा मद्दत पुगने बताए।

सो अवसरमा तेजकुमार बौद्धाचार्य, दोमोदर पराजुली, उमा पौडेल, निरज सिग्देल, विशंभरनाथ शुक्लालगायत एक दर्जनले कविता गीतलगायतका रचना प्र्रस्तुत गरेका थिए। 

प्रकाशित: १७ मंसिर २०७६ १४:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App