४ वैशाख २०८१ मंगलबार
समाज

विद्यालय गएका बालक १० दिनदेखि बेपत्ता

मलेखु (धादिङ)- घरबाट विद्यालय जान निस्किएका धुषा–१, आदमाराका सन्तोष गिरी १० दिनदेखि बेपत्ता भएका छन् । बेनीघाटस्थित चन्द्रोदय माविमा कक्षा ९ मा अध्ययनरत १५ वर्षीय गिरी यही मङ्सिर १७ गतेदेखि हराएका हुन् ।

सन्तोषका बुबा शङ्करले बिहान पोसाक लगाएर विद्यालयका लागि घरबाट निस्किएकामा छोरा विद्यालय नपुगेको र आफन्त र साथीहरु भएका सबै ठाउँमा खोज्दा नभेटिएको बताए। 

सन्तोषको खोजी गरिदिन उनका परिवार र आफन्तले विभिन्न निकायमा हारगुहार गरिरहेका छन् । देख्ने वा भेट्नेले सन्तोषका बुबा शङ्करको मोबाइल नंमा ९८१८७९०५४१ मा खबर गरिदिन आग्रह गरिएको छ । रासस 

प्रकाशित: २७ मंसिर २०७३ ११:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App