दाङमा १६ उम्मेदवारको जमानत जफत

मङ्गलबार, १७ मङि्सर २०७६, १८ : ३२ नागरिक

तुलसीपुर- दाङमा भएको उपनिर्वाचनमा १६ जनाको जमानत जफत भएको छ। क्षेत्र नं ३ को प्रदेशसभा २ का १२ र घोराही उपमहानगरपालिका–१६ का चारजना उम्मेदवारको जमानत जफत भएको हो।

मुख्य निर्वाचन अधिकृत रितेन्द्रबहादुर थापाका अनुसार प्रदेशसभाका लागि १४ जना उम्मेदवारमध्ये १२ जना उम्मेदवारको जमानत जफत भएको छ। निर्वाचन क्षेत्रमा २४ हजार २ सय ८६ मत ल्याएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार विमला खत्री (ओली) विजयी भएकी थिइन्। भने नेपाली काँग्रेसका केशवराज शर्मा (आचार्य)ले  १९ हजार १ सय ८२ मत ल्याउएका थिए। तीबाहेक अन्य सबै उम्मेदवारको जमानत जफत भएको छ।

राप्रपाका भुपाल रावतले २ सय २५, राप्रपा संयुक्त छोटीलाल थारूले १ सय ३८, नेकपा मालेका हरिप्रसाद डाँगीले १ सय ३, साझा पार्टीका शिवकुमार चौधरीले २ सय ६६, नेमकिपाका सुरेश परियारले १५, जनमुक्ति पार्टीका धनराज स्वर्णकारले ११, मङ्गोल नेशनल पार्टीका घनश्याम चौधरीले ९०, लोकतान्त्रिक पार्टीका झरेन्द्रबहादुर खत्रीले २६ मत प्राप्त गरेका छन् भने काँग्रेस बिपी पार्टीका दीपककुमार धितालले दुई मत प्राप्त गरेका छन्।

त्यस्तै स्वतन्त्र उम्मेदवार गोविन्द केसी दुई र अर्का स्वतन्त्र उम्मेदवार टीकाराम आचार्यले चार मत प्राप्त गरेका छन्। उपनिर्वाचनमा ४५ हजार ७ सय १८ मत खसेको थियो। निर्वाचनमा ७ सय ९७ मत बदर भएको थियो।

निर्वाचनमा सदर मतको १० प्रतिशत मत हासिल गर्न नसक्ने उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ। त्यस्तो उम्मेदवारले धरौटीबापत राखेको रकम फिर्ता पाउँदैन। दाङ क्षेत्र नं ३ को प्रदेशसभा २ मा जम्मा ४५ हजार ७ सय १८ मत खसेकामा ७ सय ९७ मत बदर भएको थियो।

त्यस्तै घोराही उपमहानगरपालिका–१६ का चारजना उम्मेदवारको जमानत जफत भएको छ। सात जनाले उम्मेदवारी दिएकामा नेपाली काँग्रेसका ताराबहादुर डाँगीले एक हजार २ सय २२ मत ल्याएर विजय भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका सुरेशबहादुर केसीले एक हजार १ सय १७ प्राप्त गरेका थिए। साथै स्वतन्त्र उम्मेदवार जगलाल चौधरीले ७ सय २० मत ल्याएका थिए।

यी बाहेक अन्य त्यस्तै विमला पुन (सङ्घीय समाजवादी) ३१, प्रकाश केसी (राप्रपा) १९,  पहलमान आलेले (नेशनल मङ्गोल) ३०, समीर वली (स्वतन्त्र) २३ मत  खसेको उनी चारैजनाको भने जमानत जफत भएको छ। घोराही–१६ मा खसेको तीन हजार २ सय २६ मतमा ६८ बदर भएको थियो। सोही मतको दश प्रतिशत ३ ससय १६ हुन आउँछ। 








यसमा तपाईको मत

अन्य समाचार

सेञ्चुरी बैंकको साक्षरता अभियान

सेञ्चुरी बैंकको साक्षरता अभियान

सेञ्चुरी कमर्सियल बैंकको चरीकोट शाखाले दोलखा चेम्बर अफ कमर्ससँगको आयोजनामा एकदिने वित्तीय साक्षरता आधारभूत कर्जा, लेखा तथा करसम्बन्धी कार्यक्रम सञ्चालन...

रिद्धी सिद्धी सिमेन्ट–दशौँ एफक्यान एक्सिलेन्स अवार्डको तयारी पूरा

रिद्धी सिद्धी सिमेन्ट–दशौँ एफक्यान एक्सिलेन्स अवार्डको तयारी पूरा

नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धी सिद्धी सिमेन्ट–१० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गर्ने भएको छ । ...

ओपोले प्राविधिक भिजन प्रस्तुत गर्ने

ओपोले प्राविधिक भिजन प्रस्तुत गर्ने

ओपोले डिसेम्बर १०का दिन चीनको शन-छानामा पहिलो ओपो ईन्नोडेको आयोजना गर्ने घोषणा गरेको छ। ...

सनफ्लोको उपहार हस्तान्तरण

सनफ्लोको उपहार हस्तान्तरण

सनफ्लो ब्रान्ड तेलको उपहार योजनाको दोस्रो लक्की ड्र कार्यक्रमका विजेतालाई हिराको हार र हिराका अन्य उपहार हस्तान्तरण गरिएको उत्पादत कम्पनी...

बयलबासमा प्रभु बैंक

बयलबासमा प्रभु बैंक

प्रभु बैंकले सर्लाहीको ईश्वरपुर नगरपालिका, वडा नम्बर ६, बयलबासमा शाखा विस्तार गरेको छ । ...

नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच सम्झौता

नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच सम्झौता

नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच कर्णाली र सुदूर पश्चिम प्रदेशमा सूचना महामार्ग निर्माण गर्न समझदारी भएको छ । ...

होङ्सी शिवमको स्वास्थ्य शिविर

होङ्सी शिवमको स्वास्थ्य शिविर

होङ्सी शिवम् सिमेन्ट प्रालिका कर्मचारीको सहयोगमा चिनियाँ चिकित्सा टोलीले १६ पाल्पाको निस्दीमा पर्ने ज्यामिरमा बुधबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको...

आइएमई लाइफको सभा

आइएमई लाइफको सभा

आइएमई लाइफ इन्स्योरेन्सको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad