coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

जिल्लाका विद्यालयहरुमा समुदाय प्रहरी साझेदारी कार्यक्रम

अपराध न्युनिकरणका लागि विद्यालयमा समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन हुदै। तस्बिरः भगिश्वर/नागरिक

तेह्रथुम- जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जिल्लाका सबै सामुदायिक विद्यालयहरुमा पुगेर समुदाय प्रहरी साझेदारी सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ। प्रहरीसंग साझेदारी कार्यक्रम जिल्लाका सबै स्थानीय तहमा रहेका विद्यालयहरुमा सञ्चालन भईरहेको हो। सोमबार जिल्ला प्रहरी कार्यालयको व्यवस्थापनमा म्याङलुङ ४ मा रहेको सारधा आधारभुत विद्यालयमा समुदाय  प्रहरी  साझेदार कार्यक्रम सम्पन्न भएको छ।

विद्यार्थीहरुलाई विद्यालयमै भेटेर बिभिन्न विषयमा जानकारी गराई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नबिन किसोर प्रधानाङगले जानकारी दिए। उनका अनुसार जिल्लाका सबै स्थानीय तहमा रहेका विद्यालयका विद्यार्थीहरुलाई विद्यालयमै पुगेर जानकारी गराउने गरेको हो।

अपराध न्युनिकरणमा विद्यार्थीहरुको समेत महत्वपूर्ण भूमिका रहेको भन्दै कक्षा ४ देखि ८ सम्मकालाई आधारभुत सुरक्षा, ट्राफिक नियम, लागुऔषध, साईबर अपराध, मानबेचबिखन लगायत विषयमा जानकारी गराउने गरेको प्रहरी निरीक्षक तेज बहादुर दाहालले जानकारी दिए। जिल्ला शिक्षा समन्वय ईकाइसंग समन्वय गरेर सबै स्थानीय तहका आधारभुत विद्यालयहरुका कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई कानुनी साक्षरता, बालविवाह, ट्राफिक सचेतना र साईबर अराध विषयमा जानकारी गराउने गरेको प्रहरी सहायक निरीक्षक रमेश बस्नेतले बताए।

जिल्ला प्रहरी कार्यालयको आयोजनामा अहिलेसम्म ६२ वटा विद्यालयमा समुदायमा प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरेको प्रहरी नायब निरीक्षक प्रधानाङगले बताए। उनका अनुसार यो कार्यक्रम जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय र प्रहरीचौकीबाट समेत सञ्चालन भइरहेको छ।

यसैबिच जिल्ला प्रहरी कार्यालय तेह्रथुमले विद्यार्थी र प्रहरीसंग एक दिने कार्यक्रम सुरु गरेको छ। प्रहरी र नागरिकहरुको संम्बन्ध सुधारका लागि विद्यार्थीहरुलाई एक दिने कार्यक्रम ल्याएर कार्यालयको अवस्था र सेवा प्रवाहको बारेमा जानकारी दिने गरेको छ। प्रहरीसंग एक दिने कार्यक्रममा अहिलेसम्म ६ वटा विद्यालयका विद्यार्थीहरुले जिल्ला प्रहरी कार्यालयको अनुगमन गरिसकेका छन्।

 

 

 

 

प्रकाशित: १७ मंसिर २०७६ १२:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App