coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

महिला भलिबलमा नेपाल स्वर्ण नजिक

काठमाडौं– १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलको स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा नेपालले तेस्रो सेटमा विजयी भएको छ।

यो संगै नेपाल २–१ को अवस्थामा छ। अव स्वर्णकालागि नेपाललाई एक सेट बाँकी छ। नेपालले तेस्रो सेट २५–२१ ले विजयी बनेको थियो।

पहिलो सेट २५–१७ ले गुमाएको नेपालले दोस्रो सेटमा २५–२३ को जित निकाल्दै खेल १–१ को अवस्थामा ल्याएको हो । निकै संघर्षका साथ नेपाली चेलीले  दोस्रो सेटमा जित निकाल्न सफल भएको हो।

यस अघि लिगको खेलमा पराजय भोगको नेपालाई पराजित गर्दै स्वर्ण पदक जित्ने मौका मिलेको छ। नेपालले श्रीलंकालाई पराजित गर्दै अन्तिम दुईमा भारतसँगको भिडन्त पक्का गरेको थियो ।

प्रकाशित: १७ मंसिर २०७६ ११:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App