गढीमाई मेलामा अहिलेसम्मकै बढी घुइँचो

मङ्गलबार, १७ मङि्सर २०७६, १७ : १९ नागरिक

कलैया- बाराको गढीमाई नगरपालिका–१ मा रहेको गढीमाईको मेलामा अहिलेसम्मकै सबै भन्दा बढी घुइँचो लागेको छ। नेपाल, भारत र सार्क राष्ट्र, दक्षिण एशियाबाट गरी करिब ६० लाख भन्दा बढी भक्तजनले मेला अवलोकन गर्नुका साथै पूजाअर्चना गरेका मन्दिरका मुख्य पूजारी मङ्गल चौधरीले बताए।

मेलामा आउने करिब नौ वटा बाटोमा गाडी र पैदल हिँड्ने भक्तजनको उत्तिकै भीड रहेको महागढीमाई नगरपालिका अन्तर्गत रहेको पतरहटीका सन्तोष यादवले जानकारी दिए। भारतको दिल्ली, मुम्बई, कोलकता, हैदरावाद, पटना, मोतिहारी दरभङ्गा, सितामडी, बेतिया, रक्सौल, नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म र सार्कका बङ्गलादेश, ढाका, पाकिस्तान, बर्माका भक्तजन अवलोकन गर्न आउने गरेका गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिका अध्यक्ष रामचन्द्र साहले बताए। दर्शनका लागि खासै राम्रो प्रबन्ध नमिलाइएको भारत मोतहारीका अच्छेलाल सहनीले बताए।

यसैबीच सोमबार राति साढै १ बजे यान्त्रिक विधिबाट पूजापाठ गर्न सुरु गरि साढे ३ बजे करिब दुई घण्टामा बत्ति बलेर अन्यविधि गरिसकेपछि आज ७ बजेर १५ मिनेटदेखि बलि सुरु गरिएको पूजारी चौधरीले बताए। करिब पाँच हजार भन्दा बढी राँगाको बलि दिइएको बताइएको छ। मेलामा जताततै फोहर नै फोहर रहेको भक्तजनले गुनासो गरेका छन्। शौचालय बस्ने ठाउँ र नुहाउने ठाउँको राम्रो प्रबन्ध नमिलाइएको दर्शनका लागि भारतबाट आएका पुकार यादवले बताए।

मेलामा सामान बेच्नेले मनपरी रकम असुलिरहेका बारागढी गाउँपालिका– ४ का श्रीचन्द्र साहले बताए। पाकेटमारले मोबाइल, सुन–चाँदीका गहना, नगदसमेत चोर्ने गरेका प्रहरी निरीक्षक वीरेन्द्र ठाकुरले बताए। यसैबीच मन्दिरका पूजारी मङ्गल चौधरीले बोका बलि बुधबार मात्र गरिने बताए। बिहान ४ बजेदेखि बलि सुरु हुने पूजारी चौधरीले जानकारी दिए।






यसमा तपाईको मत

अन्य समाचार

नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टसले संयुक्त रुपमा आयोजना गर्दै आएको नेपाल उड इन्टरनेसनल एक्सपो तथा...

पोखरामा सिभिल बैंकको गण्डकी प्रदेश कार्यालय तथा शाखा

पोखरामा सिभिल बैंकको गण्डकी प्रदेश कार्यालय तथा शाखा

सिभिल बैंक लिमिटेडले आफ्नो गण्डकी प्रदेश कार्यालय तथा शिवचोक शाखा पोखरा महानगरपालिकाको शिवचोक–१० मा स्थापना गरेको छ । ...

वैदेशिक रोजगारको अनलाइन भुक्तानी सम्झौता

वैदेशिक रोजगारको अनलाइन भुक्तानी सम्झौता

वैदेशिक रोजगार विभाग र नेपाल क्लियरिङ हाउस (एनसिएचएल) बीच एनसिएचएलको कनेक्ट आइपिएस इ–पेमेन्ट प्रणालीमार्फत वैदेशिक रोजगार विभागकोे अनलाइन भुक्तानी संकलनका...

एपोलो टायरको ध्यान नेपालमा

एपोलो टायरको ध्यान नेपालमा

एपोलो टायरले नेपालमा आफ्नो कार्यालय स्थापना गरेको छ । ...

एन आई सि एसियाको कार्डबाट खरिद गर्दा सामसङको मोबाइलमा विशेष छुट

एन आई सि एसियाको कार्डबाट खरिद गर्दा सामसङको मोबाइलमा विशेष छुट

सामसङले  ग्यालेक्सी S10/S10 + तथा सामसङ ग्यालेक्सी Note10/ Note 10+ मा विशेष छुटको अफर ल्याएको छ । ...

गेमिंग ल्यापटप खरिद गाइड

गेमिंग ल्यापटप खरिद गाइड

२०२० मा कस्तो गेमिंग ल्यापटप किन्ने ? ...

एल.जी. ब्राण्डको प्रिमियम ब्राण्ड शप अब विराटनगरमा

एल.जी. ब्राण्डको प्रिमियम ब्राण्ड शप अब विराटनगरमा

सि.जी. इलेक्ट्रोनिक्स को १८ औं शोरुम तथा एल.जी को ८औं नयाँ प्रिमियम ब्राण्ड शप विराटनगरमा संचालनमा आएको छ । ...

राष्ट्रिय वाणिज्य बैंकको ५५औं वार्षिकोत्सव सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको ५५औं वार्षिकोत्सव सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको ५५औं वार्षिकोत्सव सम्पन्न भएको छ । ...

Ncell Footer Ad