६ वैशाख २०८१ बिहीबार
समाज

चार महिनामा ७ हजार ६ सय १७ जनाले बनाए नागरिकता

जिल्ला प्रशासन कार्यालय रुपन्देही

भैरहवा- जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आर्थिक वर्ष २०७६/०७७ को प्रथम चौमासिकको प्रगति विवरण सार्वजनिक गरेको छ। साउनदेखि कार्तिक महिनासम्म भएको सम्पूर्ण गतिविधी बारे जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको हो।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थका अनुसार चालु आर्थिक वर्षको प्रथम चौमासिकमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जिल्लामा ७ हजार ६ सय १७ जनाले नागरिकता बनाएका छन्। जसमा बंशज ३ हजार ९ सय ९९, वैवाहिक अंगिकृत ६ सय ११, अंगिकृत १४, ईलाका प्रशासन कार्यालय बुटवलबाट बंशज २ हजार ४ सय ४२ र ईलाका प्रशासन कार्यालय मझगाँवाबाट बंशजको ५ सय ५१ गरि जम्मा ७ हजार ६ सय १७ जनाको नागरिकता जारी भएको छ।

यस्तै, प्रतिलिपि तर्फ जिल्ला प्रशासन कार्यालयबाट २ हजार २ सय १७, ईलाका प्रशासन कार्यालय बुटवलबाट १ हजार ७ र ईलाका प्रशासन कार्यालय मझगाँवाबाट १ सय ७२ गरि ३ हजार ३ सय ९६ जनालाई नागरिकताको प्रतिलिपि बितरण गरिएको छ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले कार्यालयले प्रत्येक चौमासिक प्रतिवेदन कार्यालयको वेवसाईटमा समेत राखिएको जानकारी दिए। कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार जिल्लामा अहिले पनि राहदानी बनाउनेको संख्या बढ्दै गएको छ। तथ्यांक अनुसार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा २ हजार ७ सय ८४ राहदानीको लागी आवेदन प्राप्त भएको थियो।

यस्तै, ईलाका प्रशासन कार्यालय बुटवलमा २ हजार १ सय ४ गरि जिल्लामा कुल ४ हजार ८ सय ८८ जनाले साधारण राहदानीको लागी निवेदन पेश गरेका थिए।

यस अवधि भित्र कार्यालयमा कुल २ सय २३ वटा मुद्दा दर्ता भएकोमा ९२ वटा फछर्यौट गरिएको प्रमुख जिल्ला अधिकारी पन्थले बताए। उनले फछर्यौट हुन बाँकी १ सय ३१ मुद्दा रहेको बताए। यस्तै, जिल्लामा १ सय ७६ वटा ठाडो उजुरी दर्ता भएको छ भने ४८ वटा कृयाखर्च वापतको क्षतिपूर्ति प्रदान गरिएको छ।

कार्यालयको तथ्यांक अनुसार मादक पदार्थ सेवन गरि कारवाही हुनेको संख्या भैरहवा क्षेत्रमा भन्दा बुटवलमा बढी रहेको छ। जिल्ला प्रशासन कार्यालयले मापसे गरि सार्वजनिक स्थानमा होहल्ला गर्ने १ सय ४४ जनालाई कारवाही गरेको मध्ये १ सय ४२ जना ईलाका प्रशासन कार्यालय बुटवल अन्र्तगत रहेको प्रजिअ पन्थले बताए।

यो आर्थिक वर्षको श्रावणदेखि कात्तिक महिनासम्मको अवधिमा २ सय ८० जना नाबालकलाई नाबालक परिचयपत्र वितरण गरिएको, ६ सय ८५ जनाको समावेशी प्रमाणित गरिएको, ८ सय ९२ जनालाई पेन्सन सिफारिसमा व्यक्ति प्रमाणित गरिएको, दुई वटा पत्रपत्रिका दर्ता, ७० थान हातहतियार नवीकरण गरिएको समेत जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

यही चौमासिकमा ३ सय ३ वटा बजार अनुगमन, ११ वटा सरकारी कार्यालय अनुगमन १३ वटा लागुऔषध पुर्न स्थापना केन्द्र अनुगमन एक पटक जिल्ला कारागारको अनुगमन तथा निरीक्षण गरिएको, जिल्ला प्रशासन कार्यालयले जानकारी दिइएको छ।

यो ४ महिनाको अवधिमा जिल्लामा रहेका कार्यालय प्रमुखहरुको बैठक ४ पटक बसेको, सूचना अधिकारीहरुको बैठक १ पटक प्रदेश सुरक्षा स्तरीय गोष्ठी १ पटक, अन्तरजिल्ला प्रमुख जिल्ला अधिकारीको समन्वय बैठक १ पटक, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतसँगको समन्वय बैठक १ पटक, विपत सम्बन्धी बैठक २ पटक, जिल्ला अनुगमन तथा समन्वय बैठक १ पटक, कर्मचारी बैठक ४ पटक बसेको, जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आफ्नो रेकर्डमा जनाएको छ।

 

प्रकाशित: १७ मंसिर २०७६ ११:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App