७ वैशाख २०८१ शुक्रबार
खेल

भूटानविरुद्ध नेपालको शानदार जित

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकूद(साग) पुरुष फुटबल प्रतियोगितामा नेपालले भूटानविरुद्ध शानदार जित दर्ता गराएको छ। नेपालले सुरुवाती खेलमा भूटानलाई चार शून्य गोल अन्तरले पराजित गरेको हो। 

खेलमा नेपालका सुजल श्रेष्ठले पाँचौं मिनेट मै खाता खोलेका थिए। त्यस्तै ५० औ मिनेटमा सुजल श्रेष्ठले व्यक्तिगत दोस्रो गोल गरे। उनले अनन्त तामाङको फ्रिकिकलाई चिप गर्दै गोल गरेका हुन्।

६६ औ मिनेटमा अभिषेक रिजालले तेस्रो गोल गरेका हुन्। त्यस्तै मिक्चेन तामाङले ७७ औं मिनेटमा चौथो गोल गरे। उनले फ्रिकिक मार्फत गोल गरेका हुन्।

लिग राउन्ड रोविनको आधारमा भएको खेलमा नेपालले फुटबलतर्फ पहिलो खेल खेलेको हो। हिजोमात्रै बंगलादेशविरुद्ध मैदान उत्रेका भूटानी खेलाडी आज थकित देखिन्थे। भूटानले हिजो भएको खेलमा बंगलादेशलाई एक शुन्यले पराजित गरेको थियो।

लिग राउण्ड रोविनको आधारमा भएको प्रतियोतिगामा नेपाललको तीन अंक भएको छ। एक खेलमा विजयी भएको भूटानको पनि तीन अंक रहेको छ। पाँच टिमले सहभागी जनाएको प्रतियोगिताको शीर्ष दुई टोलीले गोल्ड मेडलको लागि प्रतिस्पर्धा गर्ने छन्। 

तस्बिरः दिपेन्द्र रोक्का

प्रकाशित: १७ मंसिर २०७६ ०९:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App