काठमाडौं– १३ औं सागको पुरुष फुटबल प्रतियोगितामा नेपालले भूटानलाई दुई गोलको अग्रता बनाएको छ।
नेपालका सुजल श्रेष्ठले पाँचौं मिनेट मै खाता खोलेका थिए। त्यस्तै दोस्रो गोल भने ५० औ मिनेटमा गरेका थिए। उनले अनन्त तामाङको फ्रिकिकलाई चिप गर्दै गोल गरेका हुन्।
लिग राउन्ड रोविनको आधारमा भएको खेलमा नेपालले पहिलो खेल खेलेको हो। भूटानले हिजो भएको खेलमा बंगलादेशलाई एक शुन्यले पराजित गरेको थियो।
प्रकाशित: १७ मंसिर २०७६ ०९:०२ मंगलबार