coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सात दिनभित्र होर्डिङ बोर्ड हटाऊ

काठमाडौं – काठमाडौं महानगरपालिकाले उपत्यकामा अनधिकृत रूपमा राखिएका प्रचार सामग्री र होडिङ बोर्ड सात दिनभित्र हटाउन सरोकारवाला निकायलाई निर्देशन दिएको छ।

घर, कम्पाउन्ड, छत, बिजुलीका खम्बा, डिभाइडर आदिमा राखिएका पर्चा, पम्पलेट, बोर्ड र होडिङ बोर्डले सहर कुरूप बनाएको महानगरको ठहर छ।

निर्देशन अटेरी गरे खर्च असुलेर हटाइने महानगरले जनाएको छ। सार्वजनिक ठाउँमा मापदण्डविपरीत होर्डिङ बोर्ड राखिँदा पनि महानगरले बेवास्ता गरेको सर्वसाधारणको गुनासो छ।

महानगरपालिका विज्ञापन बोर्ड तथा प्रचारसामाग्री नियमन नीति २०७० ले जारी गरेको नीतिमा ‘काठमाडौं महानगर क्षेत्रका सार्वजनिक स्थानमा अनाधिकृत ढंगले राखिएका सम्पूर्ण व्यावसायिक होर्डिङ बोर्ड तथा प्रचार सामग्री राख्न पूर्ण रूपमा निषेध गरिएको छ।

सरकारी बाहेकका निजी जग्गामा बोर्ड राख्दा सधियार तथा सडकतर्फ कम्तिमा १० फिट जमिन छोडेको हुनुपर्ने र उचाइको हकमा जमिन सतहबाट बढीमा ३० फिट मात्र हुनुपर्ने र अनिवार्यरूपमा बोर्डमा सोलार बत्ती जडान गरेको हुनुपर्ने विज्ञापन नीतिमा उल्लेख छ। सडक पेटी तथा सार्वजनिक स्थानमा कुनै पनि प्रकारका द्वार स्टल डिस्प्ले राख्न पूर्ण प्रतिबन्ध रहेको विज्ञापन नीतिमा उल्लेख छ।

प्रकाशित: १७ मंसिर २०७६ ०३:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App