४ वैशाख २०८१ मंगलबार
कला

लियोनार्डोको आपत्ति

न्युयोर्क – हलिउड अभिनेता लियोनार्डो डिक्याप्रियोले आफूमाथि लागेको आरोपप्रति आपत्ति जनाएका छन्। ब्राजिलका राष्ट्रपति जैयर बोलसनोरोले अमेजन जंगल आगलागीमा वातावरण संरक्षणको विषयमा वकालत गर्दै आएका अभिनेता डिक्याप्रियोको हात रहेको आरोप लगाएका थिए।

आफूमाथि लागेको आरोपलाई खण्डन गर्दै उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा लेखेका छन्,‘ममाथि लागेको आरोप गलत हो। कारण मैले आगलागीबाट प्रभावित व्यतिm तथा प्राकृतिक र सांस्कृतिक महत्व बोकेको संसारकै ठूलो अमेजन जंगल बचाउन सहयोग गरिरहेको छु। मैले आगलागीका लागि कोहीसँग सहकार्य गरेका छैन्।’ ब्राजिलका राष्ट्रपति जैयर बोलसनोरोले अभिनेता डिक्याप्रियोमाथि लगाएको आरोपलाई विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) ले अस्वीकार गरिदिएको छ। अभिनेता डिक्याप्रियो डब्लुडब्लुएफको सद्भावना दूत हुन्। उनले आगलागीबाट विनाश भएको अमेजनलाई ५० लाख अमेरिकी डलरको सहयोग गरेका थिए।

यसअघि ब्राजिलका राष्ट्रपति जैयर बोलसनोरोले अमेजन जंगल आगलागीमा वातावरण संरक्षणको विषयमा वकालत गर्दै आएका अभिनेता डिक्याप्रियोले सहयोग गरिरहेको संस्थाले अमेजन जंगलमा आगो लगाएको र उनले देखावटी रुपमा सहयोग प्रदान गरेको आरोप लगाएका थिए। अभिनेता डिक्याप्रियोले यसअघि जलवायु परिवर्तनकी अभियन्ता ग्रेता थुनबर्गबाट प्रभावित भएको र सुनिश्चित भविष्यको निम्ति एक अर्कालाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।

जलवायु परिवर्तनविरुद्ध वकालत गर्दै आएकी स्वीडेनकी १६ वर्षे ग्रेताको सन्देश विश्वका नेताहरुलाई वेक–अप कल बन्ने आशसहित उनले सो अवस्थामा इन्स्टाग्राममा लेखेका छन्, ‘मानव इतिहासमा महत्वपूर्ण विषयमा आवाज उठाएर परिवर्तनतर्फ लाग्न प्रेरित गर्ने गे्रता हाम्रो समयको नेता बन्न पुगेकी छन्। इतिहासले आज हामीले नयाँ पुस्ताको भविष्यलाई लिएर के गर्यौ भनेर स्मरण गर्नेछ। जसले गर्दा नयाँ पुस्ताले आनन्दसँग जीवन बाँच्न सक्नेछन्। मलाई आशा छ ग्रेताको सन्देश संसारका नेताहरूलाई वेक–अप कल बन्ने आश गरेको छ।’ उनले सन् २०१६ को ओस्कार अवार्डमा जलवायु परिवर्तनको विभिन्न विषयमाथि आवाज उठाएका थिए।

प्रकाशित: १७ मंसिर २०७६ ०३:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App