coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारी वर्षापछि भत्किएको संरचनाको कारण २५ को मृत्यु

तामिलनाडुको कोइमबाटोरमा भारी वर्षाका कारण पर्खाल भत्किएपछि क्षतिग्रस्त घरभित्र रहेका मानिस खोज्दै उद्धारकर्ता। तस्बिर ः एजेन्सी

नयाँ दिल्ली – भारतको तामिलनाडुु राज्यमा सोमबार भारी वर्षापछि आएको प्रकोपका कारण कम्तीमा २५ जनाको मृत्यु भएको छ। कोइमबाटोरनजिकको मेट्टुपलायमस्थित नादुर गाउँमा मात्रै घरका पर्खाललगायतका संरचनाहरु भत्किँदा चार परिवारका कम्तीमा २५ जनाको मृत्यु  भएको छ। स्थानीयहरु सुतिरहेका बेला भारी वर्षाका कारण सोमबार बिहान घरको पर्खाल भत्किँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ।

भारतीय दक्षिणी राज्य तामिलनाडुुको गाउँमा भएको सो घटनामा दुई बालबालिकासहित १७ जनाको मृत्यु भएको बताइएको छ। मुसलधारे वर्षापछि सो घटना भएको प्रहरी स्रोतले फ्रान्सेली समाचार एजेन्सी एएफपीसँग बताएको छ। स्थानीय समयानुसार सोमबार बिहान ५ः३० बजे सो घटना भएको ‘टाइम्स अफ इन्डिया’ दैनिकले जनाएको छ। त्यसबाहेक भारी वर्षाका कारण राज्यका अन्य क्षेत्रमा आठजनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

राज्यभर भारी वर्षा भएका कारण बाढीको प्रकोप रहेको भन्दै महानगरीय विभागले चेतावनी जारी  गरेपछि तामिलनाडुु र पुदुचेरीका विद्यालय र कलेजहरु पनि बन्द गरिएका छन्। भारी वर्षाका कारण तामिलनाडुु र छिमेकी पुदुचेरीका धेरै भाग प्रभावित भएको बताइएको छ। विश्वविद्यालयका परीक्षा पनि अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ।

भारतमा घरलगायतका संरचना भत्किनु  एक सामान्य घटनाको रूपमा रहेको पाइन्छ। कमजोर संरचनाहरुका कारण यस्तो घटना हुने गरेको विज्ञहरुको भनाइ छ। गत जुलाईमा मुम्बईमा भएको यस्तै घटनामा कम्तीमा ३० व्यक्तिको मृत्यु भएको थियो।

प्रकाशित: १७ मंसिर २०७६ ०२:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App