७ वैशाख २०८१ शुक्रबार
समाज

गढीमाई मन्दिरमा आज राँगाको बलि

बलि व्यवस्थापन समितिलाई जिम्मा लगाउन भक्तजनद्वारा ल्याइँदै गरेका राँगाहरू। तस्बिरः नागरिक

बारा – महागढीमाई नगरपालिकाको बरियारपुरमा जारी गढीमाई पञ्चवर्षीय मेलामा मंगलबार­ बिहान पञ्चबलिपछि राँगाको बलि दिइँदै छ। सो पञ्चबलिका लागि मुसा, बोका, पाठी, परेवा र हाँसको अन्डा गरी पाँच जीव तयारी अवस्थामा राखिएको मन्दिरका पुजारी शिव चौधरीले जानकारी दिएका छन्।

सोमबार राति १२ बजेदेखि १०/१२ जनाको संख्यामा रहेका मन्दिरका पुजारीहरूले तान्त्रिक विधिद्वारा पूजापाठ र सोही क्रममा आफै बत्ती बलेपछि पूजा सफल भएको मान्ने गरिएको पुजारी चौधरीले बताए। ‘सोमबार राति १२ बजेदेखि पूजाघरमा पूजा सुरु गरिन्छ,’ चौधरीले भने, ‘सो पूजापछि मन्दिरभन्दा पूर्व रहेको ब्रह्मस्थानमा आएर पूजापाठ गरिने धार्मिक परम्परा रहेको छ।’ पूजापाठ मंगलबार बिहान ६ बजेसम्म चल्ने उनले बताए।

पूजापाठ गर्दागर्दै बत्ती बलेपछि पहिले पाँच वर्षभन्दा बढी उमेरको बोका र जंगलबाट ल्याइएको मुसा, बच्चा अवस्थामा भएको हाँसको अन्डा, बाख्राको पाठी र परेवालाई ब्रह्मस्थानमै पञ्चबलि दिने चलन रहेको उनले जानकारी दिए। पञ्चबलिपछि बलिका लागि ल्याइएका राँगामध्ये सोही स्थानमा एउटा राँगाको बलि आफैले दिएर पूजापाठ गरेपछि गढीमाईलाई राँगाको बलि दिने कार्य सुरु हुने उनले बताए।
उनका अनुसार मंगलबार राँगाको बलि दिएपछि १८ गते बुधबार खसी र कुखुराको बलि दिइनेछ।

प्रकाशित: १७ मंसिर २०७६ ००:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App