coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

मार्सल आर्टलाई प्राथमिकता दिँदा नेपाललाई स्वर्णको वर्षा

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले १५ वटा स्वर्ण जितेर तालिकाको शीर्ष स्थानमा छ।

आइतबारबाट विधिवत् रुपमा सुरु भएको प्रतियोगिताको दोस्रो दिन मार्सल आर्टस्का खेलहरु भए। सोमबार जम्मा २४ वटा स्वर्णका लागि प्रतिस्पार्धा भएका थिए।

नेपालले मार्सल आर्टस्मा सर्वाधिक पदकको आशा राखेको खेल पनि हो। आशा गरिएको खेलमा नेपाल सफल पनि भएको देखिन्छ। तर बाँकी रहेका अन्य विधाका आशादीत नजिता भने अझै कुर्नुपर्ने छ।

साता अघि नागरिक प्रन्टलाइनमा बोल्दै राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य सचिव रमेश शिलवालले नेपालले सागमा ५० वटा स्वर्ण जित्ने दावी गरेका थिए।

‘म तथ्यका आधारमा बोल्दै छु’ सदस्य सचिव शिलवालले भने ‘हामीले सागमा ५० वटा स्वर्ण भित्र्याउने छौं।’ उनले मार्सल आर्टस् कै खेलमा अझै बढि पदकको आशा रहको पनि बताएका थिए। ‘हामीले यो पटक मार्सल आर्टस्का खेल धेरै राखेका छौं’ उनले थपे,‘नेपाल  मार्सल आर्टस्मा पहिले देखि नै बलियो हो।’

हुन् त यो पटक मार्सल आर्टस्मा बलियो रहेको भारतीय टिम सहभागी छैन। बलियो टोली सहभागी नरहेको प्रतियोगिताबाट जितेको उपाधीले नेपाली खेलाडीको स्तर भने मापन गर्दैन्। तर पनि सार्कको गरीमा र पदकको छुट्टै महत्व छ।

प्रन्टलाइन मै बोल्दै सदस्य सचिव शिलवालले मार्सल आर्टस्मा भारतीय टिम सहभागी नहुनु नेपालका लागि अवसार भएको बताएका थिए। 

सोमबार तेक्वान्दोका १३ स्वर्णका लागि भएको प्रतिस्पर्धामा नेपालले सात पदकमा  आफ्नो कब्जामा पार्यो। कराँतेका ९ प्रतिस्र्धामा ७ वटा स्वर्ण र ट्रायफलनका दुई प्रतिस्पर्धामा एउटा स्वर्ण नेपालले जित्यो। 

तेक्वान्दोका २९ स्पर्धा मध्ये अझै १६ वटा स्वर्ण बाँकी नै छन्। त्यस्तै कराँतेका १९ स्पर्धामा १० स्वर्ण बाँकी नै छन्। मंगलबार हुने मार्सल आटस्का खेलले थप उपाधिको आशा गर्न सकिन्छ। 

दक्षिण एसियाली टोलीका लागि भारत सबैभन्दा ठूलो हाउगुजी हो। प्राय प्रतिस्पर्धामा नेपाल सोही हाउगुजीको शिकार बन्दै आएको छ। समूह चरणमा महिला भलिबलले गरेको प्रदर्शनबाट पनि सोही कुरा पुष्टि हुन्छ। फाइनलमा मंगलबार नेपालले भारतकै सामना गर्दै छ। 

नेपालले भारतसंग गरेका प्रतिस्पर्धा र त्यसबाट प्राप्त नजिताबाट नेपालको वास्तविक स्तर झल्किन्छ। खेलकूदमा गरेको लगानीका कारण पनि दक्षिण एसियमा भारतको स्तर निकै माथि छ। न्यून लगानी भएका हाम्रो जस्तो मुलूकले भारतसंग तुलना गर्नु स्वभाविक हो। 

त्यस्तो अवस्थामा मार्सल आर्टस् बाहेको प्रतिस्पर्धामा नेपालले ल्याउने स्वर्णमा खेलप्रेमीको चासो अझै बढि हुने देखिन्छ। १३ औं सागमा तीन सय १७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ।

सोमबार तेक्वान्दो, कराँते र ट्रायथोलनका विभिन्न विधामा प्रतिस्पर्धा भयो। ती प्रतिस्पर्धामा श्रीलंकाले तीन स्वर्ण जित्यो। त्यस्तै भारतले दुई, बंगलादेश एक स्वर्ण हात पार्यो। 

उपाधी खडेरीका कारण नेपाली खेलकूद प्रेमीमा पर्दै आएको नकारात्मक छापलाई राखेप चिर्न चाहन्थ्यो। सोमबारको खेलपछि खेलप्रेमीमा रहेको नकारात्मक छाप केही हदसम्म भएपनि कम भएको देखिन्छ।

नेपालले पदक भित्र्याउन सक्ने खालको खेललाई सुरुवात मै प्रतिस्पर्धा गराइएको छ। एक तरिकाले भन्दा यो राखेपको बठ्याईँ पनि हो। आगमी बुधबारदेखि नेपालले प्राप्त गर्ने उपाधि सर्वाधिक चासोको विषय बन्ने छ। 

प्रकाशित: १६ मंसिर २०७६ १४:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App