सीमाबारे लन्डनमा भारतीय दुतावास अगाडी नेपालीकाे प्रदर्शन (फोटो/भिडियाे)

सोमबार, १६ मङि्सर २०७६, १९ : २९ चिरन शर्मा  | @chiranuk

लन्डन- गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको नेतृत्वमा बेलायतस्थित नेपाली समुदायले भारतविरुद्ध लन्डनमा प्रदर्शन गरेका छन्। नेपाली भूमि भारतले आफ्नो नक्सामा समेटेपछि त्यसका विरोधमा नेपाली समुदायले लन्डनमा प्रदर्शन गरेका हुन्।

भारतले हालै सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपालको भूभाग समेटर बनाइएको नक्सा सच्याउनुपर्ने, कालापानीबाट भारतीय सेना तत्काल हटाउनुपर्नेलगायतका माग राखेर सोमबार लन्डनस्थित भारतीय दुतावास अगाडी नेपाली समुदायले प्रदर्शन गरे। 

प्रदर्शनकारीले ब्याक अफ इन्डिया, भारतीय हस्तक्षप बन्द गर् लगायतका प्लेडकार्ड बोकेर नारा लगाएका थिए। प्रदर्शनकारीले लिपुलेक, कालापानी र लिम्पियाधुरालगायतका नेपाली भूभागमा भएको भारतीय ज्यादतीको विरोध गरेका थिए। विरोध प्रदर्शनमा बेलायतका शहरबाट जम्मा भएका नेपालीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिसहितको उपस्थिति थियो। 

प्रदर्शनीपछि बेलायतवासी नेपाली समुदायको तर्फबाट गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष पुनम गुरुङ र महासचिव फडिन्द्र भट्टराईद्वारा हस्ताक्षरित विरोधपत्र  भारतीय दूतावासमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष बुझाएको थिए।
पत्रमा भारतले नयाँ राजनीतिक नक्सा जारी गर्दा अन्तराष्ट्रिय मान्यताको समेत उल्लंघन गरेको स्मरण गराउँदै दुवै देशबीचको वार्तामार्फत् सीमा सम्बन्धी विवाद तत्काल समाधान गर्न आग्रह गरिएको छ। विरोधपत्रमा भारतले जारी गरेको नयाँ नक्सा तत्काल सच्चाउन माग गरिएको छ। 

गत हप्ता लण्डन ब्रिजमा भएको आतंककारी हमलापछि स्थानीय प्रशासनले तोकिएको क्षेत्रभन्दा बाहिर प्रर्दशन र नाराबाजी गर्न रोक लगाएको छ।





यसमा तपाईको मत

अन्य समाचार

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

सामाजिक संजाल प्रयोग गर्दा निम्न कुराहरु ध्यानमा राख्नु आवश्यक छ ...

विन्डोज १० को प्रयोगकर्ता संख्या १ अर्ब पुग्यो

विन्डोज १० को प्रयोगकर्ता संख्या १ अर्ब पुग्यो

संसार कै सबैभन्दा प्रचलित डेस्कटप अपरेटिंग सिस्टमको कुल प्रयोगकर्ता संख्या १ अर्ब पुगेको छ । ...

अब आइफोनमा पनि एन्ड्रोइड इन्स्टल गर्न मिल्ने !

अब आइफोनमा पनि एन्ड्रोइड इन्स्टल गर्न मिल्ने !

ह्याकरहरूको एक समूहले आइफोनमा पनि एन्ड्रोइड इन्स्टल गरेर चलाउन सफल भएका छन् ...

Ncell Footer Ad