६ वैशाख २०८१ बिहीबार
समाज

पेट्रोल, डिजेल र मट्टितेलमा मुल्य बढ्यो

काठमाडौं– पेट्रोल, डिजेल र मट्टितेलको मुल्य बढेको छ। सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मुल्य प्रतिलिटर दुई रुपैयाँको दरले बढेको हो।

नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार ईण्डियन आयल कर्पोरेशनबाट १ डिसेम्बर २०१९ मा प्राप्त नयाँ खरिद मूल्यमा केही बढेर आएकाले नेपाल पनि मुल्य बढेको हो। काठमाडौंको हकमा पेट्रोलको प्रतिलिटर खुद्रा मुल्य १०९ रुपैयाँ, डिजेल र मट्टितेलको ९७ रुपैयाँ पर्नेछ। 
 
१ डिसेम्बर २०१९ मा ईण्डियन आयल कर्पोरेशनबाट हवाई इन्धन तथा एल.पि.ग्यासको मुल्यसमेत बढेर आए पनि हाललाई हवाई इन्धन तथा एल.पि.ग्यासको खुद्रा विक्री मूल्य यथावत नै राखिएको छ निगमले जनाएको छ।

प्रकाशित: १६ मंसिर २०७६ १३:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App