coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

स्वास्थ्यबारे प्रधानमन्त्रीको भिडियो सन्देशः म बोल्न सक्ने भइसके

काठमाडौं– उपचाररत प्रधानमन्त्री केपी शर्मा  ओलीको बारेमा अनेक टिप्पणी हुन थालेपछि भिडियो सन्देशमार्फत स्वास्थ्य अवस्थाबारे जानकारी गराएका छन्। मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आईसीयू कक्षमा उपचार गरिरहेका प्रधानमन्त्री ओलीले सोमबार ट्वीटरमा भिडियो सन्देश जारी गर्दै आफु उठेर बोल्न सक्ने र कुरा गर्न सक्ने बताएका छन्।

प्रधानमन्त्री ओलीले भने ‘एपेण्डीसाइटिस भनेको कसैलाई समय र सूचना दिएर आउने रोग होइन। यो अचानक आइलाग्छ। मलाई पनि अप्रत्यासित रुपमा त्यसैगरी आइलाग्यो। त्यसमा इन्फेक्सन भएछ। र, त्यो बाहिर पनि फैलिएछ। त्यसमा मात्रै इन्फेक्सन सिमित भएको भए निकालेर फाल्न सजिलो हुन्थ्यो। बाहिर पनि इन्फेक्सन भएको हुनाले त्यो इन्फेक्सनलाई पनि हटाउनु पर्यो। त्यस कारण उपचारका क्रममा हप्ता दश दिन लाग्ने भयो ।’

उनले आफ्नो स्वास्थ्य सुधार हुँदै गएको बताएका छन्। ‘मेरो स्वास्थ्य राम्ररी सुधार भइराख्या छ। एउटा मेजर अपरेशनपछि तपाईंहरु देखिरहनु भएको छ– मेजर अपरेशनपछि पनि म उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने अवस्थामा छु र समाचारहरु हेर्न सक्ने अवस्थामा छु’ उनले भने ‘हिजो मैले १३ औं ‘साग’को उद्घाटन समारोह पनि पूरै हेरेँ। हुन सक्छ कि सक्दैन भन्ने द्विविधा समाप्त भएकोमा खुसी लाग्या छ। म राष्ट्रपतिज्यूलाई उद्घाटन गरिदिनु भएकोमा, अरु सबैलाई सहभागी हुनु भएकोमा धन्यवाद भन्न चाहन्छु। मैत्रीपूर्ण खेलबाट देशको इज्जत अगाडि बढाउन र क्षेत्रीय मित्रता अगाडि बढाउन म नेपाली खेलाडीहरु र सार्क क्षेत्रका खेलाडीहरु, सबैलाई आग्रह गर्दछु।’

प्रकाशित: १६ मंसिर २०७६ ११:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App