८ वैशाख २०८१ शनिबार
खेल

भलिबलमा श्रीलंकालाई कास्य

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष भलिबलमा श्रीलंकाले बंगलादेशलाई हराउँदै कास्य पदक जितेको छ। 

त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कर्भडहलमा सोमबार भएको खेलमा श्रीलंकाले कास्य पदक जित्नका लागि बंगलादेशसँग संघर्ष गर्नु पर्‍यो। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा बंगलादेशलाई ३–१ को सेटमा हराउँदै कास्य पदक पक्का गरेको हो।

पहिलो सेट २५–२३ को जित निकालेको बंगलादेशले बाँकी सबै सेट गुमाउँदा नतिजा श्रीलंकाको पक्षमा पुगेको थियो। पहिलो सेट गुमाए पनि बाँकी सेटमा कम ब्याक गर्दा श्रीलंकाले दोस्रो सेटमा २५–२० को जित निकाल्न सफल भएको हो। त्यसपछि  २५–१६ को जित निकालेको श्रीलंकाले चौथो सेटमा भने २५–२१ ले आफ्नो बनाउँदै पदक हात पार्न सफल भएको हो। 

यस अघि भएको खेलमा श्रीलंका भारत र बंगलादेश पाकिस्तानसँग पराजित भएका थिए। प्रतियोगितामा मंगलबार स्वर्ण पदकका लागि पाकिस्तान र भारतबीच प्रतिस्पर्धा हुँदै छ।

भलिबल अन्तर्गत आजै महिला तर्फ पनि कास्य पदकका लागि श्रीलंका र बंगलादेशले नै प्रतिस्पर्धा गर्दैछन्। स्वर्ण पदकका लागि भने मंगलबार नेपाली टोलीले लिगमा पराजित भएको भारतसँग स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्दैछ।

प्रकाशित: १६ मंसिर २०७६ १०:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App