coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

भ्रष्टचारमा तुरुन्त एक्सन लिन्छु : नवनिर्वाचित मेयर राई

धरान - धरानको मेयर पदमा विजयी तिलक राईले धरानका जनताले मत दिएर आफुलाई जिताएको भन्दै सबैसँग मिलेर काम गर्ने प्रतिक्रिया दिएका छन्।

मेयरमा विजयी भएपछि पत्रकारहरुसँग प्रतिक्रिया दिदै स्थानीयतहमा कोही पनि प्रतिपक्ष नहुने भन्दै सबैले मिलेर नै धरानको विकास र समृद्धिमा काम गर्ने बताए। उनले भने,‘मलाई धरानका जनताले जिताउनु भएको हो, यो जनताको जित हो। मैले कांग्रेसको मतले मात्र जितेको होइन।’

उनले जनताको अभिलाषालाई सबैले मिलेर पुरा गर्ने बताए। धरानमा भएको विकृति, विसंगति रोक्ने र पारदर्शी भएर काम गर्ने बताए। ‘म आफु भ्रष्टचार गर्दिन,अरुलाई पनि गर्न दिन्न। शून्य सहनसिलतामा काम गर्छु। विगतको भ्रष्टाचारमा तुरुन्त एक्सनमा जान्छु, भएको कमीकमजोरीहरुलाई सुधार्छु,’उनले भने। उनले मेयरको तलब, भत्ता आफुले उपभोग नगर्ने र सामाजिक काममा खर्चिने प्रतिवद्धता पुनः दोहोर्याए।

प्रकाशित: १६ मंसिर २०७६ ०७:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App