coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

धरानमा कांग्रेसको ऐतिहासिक जीत, नेकपाका राई २७९५ मतान्तरले पराजित

धरान– नेकपाको लालकिल्ला भनिने धरान उपमहानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका तिलक राईले ऐतिहासिक जित हासिल गरेको छन्। 

उनले नेकपाका उम्मेदवार प्रकाश राईलाई २ हजार ७ सय ९५ मतान्तरले हराउँदै ऐतिहासिक जीत दर्ता गराएका हुन्। २०४६ सालको परिवर्तन पछिका सबै निर्वाचनमा हार व्यवहोरेको कांग्रेसले यसपाली उपनिर्वाचनमा भने लालकिल्ला तोड्न सफल भयो।

धरानमा नेकपाले वडा नं ७ को अध्यक्ष पनि गुमाएको छ। कांग्रेसबाट विजयी राईले २६ हजार ७ सय ९ मत पाए भने उनका निकटतम प्रतिद्धन्दी नेकपाका प्रकाश राईले २३ हजार ९ सय १४ मत पाए। मंसिर १४ को निर्वाचनमा कुल ५४ हजार ८ सय ४८ मत खसेको थियो। धरानमा ९२ हजार ८ सय ५३ मतदाता थिए।

वडा नं ७ को अध्यक्षमा भने नेकपाका जीवनराज सुवेदी विजयी भएका छन्। उनले कांग्रेसका उम्मेदवार सुवर्णमोहन पलिखेलाई मात्र १ मतले हराए। वडाअध्यक्षमा विजयी सुवेदीले ६२१ मत पाए भने उनका प्रत्यासी उम्मेदवार पलिखेले ६२० मत पाए।

कांग्रेसले वडा ७ को अध्यक्ष पदको नतिजामा असन्तुष्टी जनाउदै पुनःगणनाको माग गरेपनि सहमति जुटेपछि नेकपाका अध्यक्ष विजयी घोषणा गरिएको थियो। विजयी दुवै उम्मेदवारलाई मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले सपथ ग्रहण गराएका छन्।

मेयरमा विजयी तिलक राई अघिल्लो स्थानीयतह निर्वाचन २०७४ मा पनि उम्मेदवार थिए। त्यसबेला उनी तत्कालिन एमालेका उम्मेदवार तारा सुब्बासँग ४ हजार ८ सय ७३ मतले हारेका थिए।

त्यसबेला सुब्बाले २० हजार ९ सय ७५ मत पाएका थिए भने तिलक राईले १६ हजार १ सय २ मत पाएका थिए। उपनिर्वाचनको परिणामले अघिल्लो निर्वाचनमा नेकपाले जितेको अधिकांश वडामा पनि कांग्रेसले बढी मत पाएको छ। अघिल्लो चुनावमा नेकपाले जितेको वडाहरु १९, १६, १३, ११, १०, ९, ८, ७ र ३ मा कांग्रेसले बढी मत पाएको छ।

 

प्रकाशित: १६ मंसिर २०७६ ०६:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App