coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

शीर्ष स्थानमा चेल्सीको पुनरागमन

लन्डन– डिएगो कोस्टाले गरेको गोलमा आइतबार वेस्ट ब्रोमलाई १–० ले हराउँदै चेल्सीले इङलिस प्रिमियर लिगको शीर्ष स्थानमा पकड कायम राखेको छ ।

कोस्टाले लिगको पछिल्ला १५ खेलमा १२ औं गोल पूरा गर्दा चेल्सीले महŒवपूर्ण ३ अंक जोडेको थियो । शनिबारस्टोक सिटीलाई ३–१ ले पराजित गर्दै आर्सनल एक दिनका लागि शीर्ष स्थानमा उक्लिएको थियो । तर, आइतबार चेल्सीले घरेलु मैदानमा जित निकाल्दै शीर्ष स्थानमा फर्किएको हो । कोस्टाले खेल सकिन १४ मिनेट बाँकी रहँदा गरेको गोल चेल्सीको जितमा निर्णायक बन्यो ।

जितसँगै १५ खेलबाट ३७ अंक बटुलेको चेल्सी शीर्ष स्थानमा कायम रहँदा दोस्रो स्थानको आर्सनलसँग ३४ अंक छ ।
जेमी भार्डेले ३ महिनादेखिको गोल खडेरी तोड्दै ह्याट्रिक पूरा गरेको दिन शनिबार साविक विजेता लेस्टर सिटीले म्यानचेस्टर सिटीमाथि ४—२ को विजयी नतिजा निकालेको छ ।
लेस्टरको किङस पावर रंगशालामा वर्षाले प्रभावित खेलमा भार्डेले सिजनको पहिलो ह्याट्रिक गरे भने एण्डी किङले १ गोलको योगदान गरेका थिए । मध्य सातामा च्याम्पियन्स लिग अन्तर्गतको खेलमा एफसी पोर्टोसँग ५—० ले पराजित भएको लेस्टरलाई यो जितले राहत मिलेको छ ।
‘शीर्ष स्थानमा रहेका टोलीलाई लेस्टर अझै पनि उपाधिको दावेदार हो भन्ने हामी देखाउन चाहन्थ्यांै । आजको जितले त्यो काम गरेको छ,’ लेस्टरका फरवार्ड भार्डेले भने । जितसँगै लेस्टरले १६ अंक जोडेको छ ।
गत साता चेल्सीसँग ३—१ ले पराजित भएको म्यानचेस्टर सिटीका लागि अन्तिम समयमा एलेक्सान्डर कोलारोभ र नोलिटोले दुई गोल गरे । तर त्यो खेलमा पुनरागमन जनाउन पर्याप्त भएन ।
‘उनीहरुले लामो पासमा राम्रो खेले । गोल पनि उत्कृष्ट गरे,’ म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले भने, ‘फुटबल यस्तो खेल हो जहाँ कुनै पनि टोलीले गल्ती गर्छन । आज हामीले ग¥यौं । हामीले त्यस्तो नराम्रो खेलेको होइन, तर पनि धेरै समस्या भयो ।’
चेल्सीविरुद्धको खेलमा रातो कार्ड सामना गरेका सर्जियो अग्विरो र फर्नान्डिन्हो निलम्बनमा परेपछि ग्वार्डिओलाले उनीहरुको स्थानमा केलेची इहेनाचो र फर्नान्डोलाई पहिलो रोजाइइमा समावेस गरेका थिए ।
भार्डे र एण्डी किङले पहिलो ५ मिनेट भित्र गोल गर्दै २–० को अग्रता दिलाएपछि लेस्टर सिटीले खेल नियन्त्रणमा लिएको थियो । भार्डेले स्लम स्लेमानीको पासमा गोल गर्दै घरेलु टोलीलाई तेस्रो मिनेटमै अग्रता दिलाएका थिए । सेप्टेम्बर १० यता भार्डेले लेस्टरका लागि गरेको यो पहिलो गोल हो । त्यसको २ मिनेट नवित्दै किङले अग्रता दोब्बर पारेका थिए ।
२० औं मिनेटमा भार्डेले रियाद मेहराजको पासमा व्यक्तिगत दोस्रो गोल गरेपछि घरेलु मैदानमा लेस्टरले पहिलो हाफमा ३—० को अग्रता लिएको थियो ।
दोस्रो हाफमा सिटीले केही सुुधारिएको प्रदर्शन गरे पनि ७९ औं मिनेटमा जोन स्टोनको गल्ीतमा गोल गर्दै भार्डेले ह्याट्रिक पूरा गरेका थिए ।
भ्रमणकारी कोलारोभले ८२ र नोलिटोले ९० आंै मिनेटमा गरेको गोल सिटीका लागि सान्त्वनामा सिमित भयो ।
लेस्टरका प्रशिक्षक क्लाउडियो रेनरीले शनिबार टोलीले आफ्नो वास्तविक प्रदर्शन गरेको प्रतिक्रिया दिए । उनले भने, ‘मैले खेलमा योद्धा चाहियो भनेको थिएँ, आज खेलाडीले त्यही भावनाअनुसार खेले ।’
मेसुट ओजिलको उत्कृष्ट प्रदर्शन प्रेरित आर्सनलले सुरुमा गोल खानाका बावजुद पुनरागमनमा स्टोक सिटीमाथि ३–१ को विजय हासिल गरेको थियो ।
चार्ली एडमले २९ आंै गरेको पेनाल्टी गोलमा स्टोकले अग्रता लिएको थियो । जोय एलेनलाई आर्सनलका ग्रानिट जाकाले कुहिनोले प्रहार गरेपछि स्टोकले पेनाल्टीको अवसर पाएको थियो ।
थियो वाल्कटले ४२ आंै मिनेटमा बराबरी गोल फर्काएका थिए । त्यसको ८ मिनेट नवित्दै एलेक्स ओक्सवाल्डे चेम्बर्लिनको पासमा पासमा हेड गोल गर्दै ओजिलले आर्सनललाई अघि बढाए । खेल सकिन १५ मिनेट बाँकी रहँदा एलेक्स इवोबीले गोल गरेपछि आर्सनल जितका साथ कम्तिमा २४ घन्टाका लागि शीर्ष स्थानमा पुग्न सफल भएको थियो ।
‘त्यो पेनाल्टी दूर्भाग्यपूर्ण थियो । मेरो विचारमा त्यो फाउल थिएन तर हामीले उच्च मानसिकताका साथ डटेर खेलिरहयांै,’ आर्सनलका प्रशिक्षक आर्सेन वेंगरले भने, ‘खेलमा केन्द्रित हुदै सधुरिएको प्रदर्शन गर्ने वा नगर्ने हामीमा निर्भर थियो । हामीले सकारात्मक सोचका साथ मिहिनेत जारी राखेर नतिजा हात पा¥यौं ।’
इङलिस प्रिमियर लिगमा शनिबारै भएका अन्य खेलमा स्वान्सी सिटीले सन्डरल्यान्डलाई ३–० ले हराउँदा बर्नलीले बर्नमाउथमाथि ३–२ को विजय हासिल गरेको थियो । क्रिस्टल प्यालेस र हल सिटीले ३–३ को बराबरी खेले ।

प्रकाशित: २७ मंसिर २०७३ ०५:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App