राजनीति फोहोरी खेल हो ?

सोमबार, १६ मङि्सर २०७६, ०९ : ०१ नागरिक

लक्ष्मी सापकोटा

कुरा हाम्रो समृद्धिको। विषय धेरै गम्भीर छ। तर सन्दर्भ अति सरल र झट्ट बुझिने कुराबाट प्रारम्भ गरौं। कुनै कुरा तथ्यले प्रमाणित गर्न सकिएन भने तर्कले प्रमाणित गर्नुपर्ने हुन्छ। तर्कले प्रमाणित गर्ने दुई विधि छन्– आगमन र निगमन। निगमनात्मक तर्कले प्रमाणित गर्दा अति उत्तम, त्यसले गलत निष्कर्ष दिँदैन। जस्तो : सबै ग्रहले सूर्यलाई परिक्रमा गर्छ। शुक्र पनि एउटा ग्रह हो। त्यसैले शुक्रले पनि सूर्यलाई परिक्रमा गर्छ भन्ने कुरा तार्किक छ, किनकि पहिलो वाक्य(सबै ग्रहले सूर्यलाई परिक्रमा गर्छ) भन्ने अकाट्य छ, सत्य छ। त्यसैले शुक्रले सूर्यलाई परिक्रमा गर्छ भन्ने निष्कर्ष पनि सत्य हो।

तर यही विधिले राजनीतिलाई समेत एकमुस्ट विश्लेषण गर्न सम्भव हुँदैन। त्यसैले निगमनात्मक तर्क दिन सकिने रहेनछ भने मात्र आगमनात्मक तर्क दिनुपर्ने हुन्छ। आगमनात्मक तर्कले शतप्रतिशत सत्य उत्तर दिँदैन। एउटा राजनीतिज्ञ खराब हुँदा सबै राजनीतिज्ञ खराब भन्नु आफैंमा गलत हो। यहाँ आगमनात्मक तर्क लिई निष्कर्ष निकाल्न खोज्नु गलत हुन्छ। महात्मा गान्धी, नेल्सन मन्डेलालगायतले राजनीतिकै बाटोबाट समाज परिवर्तन गरेका तथ्य हाम्रासामु छन्। यस उदाहरणमा मात्र आधारित भई सबै राजनीतिज्ञ असल हुन्छन् भन्नु सही हुँदैन।

त्यस्तै एकजना वा केही राजनीतिज्ञले खराब काम गरे भन्दैमा सबै राजनीतिज्ञ खराब हुन्छन् भन्ठान्नु गलत हो र एकजना वा केही राजनीतिज्ञले राम्रो काम गरे भन्दैमा सबै राजनीतिज्ञ राम्रा हुन्छन् भन्ठान्नु पनि गलत हो। त्यसैले हामीले एकजना वा केहीलाई हेरेर समग्र राजनीतिज्ञ र राजनीति राम्रो भन्नु वा नराम्रो भन्नु तार्किक हुँदैन, त्यसबाट सत्य निष्कर्ष निकाल्न सकिँदैन।

राजनीति आफैंमा फोहोरी खेल होइन। यसलाई केही व्यक्तिले फोहोरी बनाए। तसर्थ केही राजनीतिज्ञलाई हेरेर राजनीति फोहोरी खेल ठान्नु उचित दृष्टिकोण होइन। छ्या ! कस्तो फोहोर रहेछ भनेर, शौचालयबाहिर दिसापिसाब गरेर कदापि सुग्घरी हुन सकिँदैन, त्यो व्यक्ति पनि आफैंमा फोहोरी हो। राजनीति आफैंमा कञ्चन पानी हो, त्यसमा कागती मिसियो भने कागतीपानी हुन्छ, दही मिसियो भने मही बन्छ तर फोहोर मिसाउनुभयो भने  फोहोर पानी हुन्छ। त्यही पानी हो, तपाईं हामी जतन गर्छौं, छान्छौं। अझ तामाको भाँडोमा राखेर पिउँछौं। त्यही हनुमन्ते(भक्तपुरको खोला)मा पानी बगेको छ तर त्यो पानीमा फोहोर गर्छौं अनि ताल परे कतिले पानी पर्दा शौचालयको ढल पनि मिसाउँछन्। पानी त फोहोर थिएन तर त्यसलाई फोहोरी बनाइयो। पानी आफैंमा फोहर नभएजस्तै राजनीति पनि आफैंमा फोहोरी चिज होइन कोही, केही राजनीतिज्ञ खराब हुँदैमा पूरै राजनीतिलाई खराब ठान्न मिल्दैन।

एकजना वा केही राजनीतिज्ञले खराब काम गरे भन्दैमा सबै राजनीतिज्ञ खराब हुन्छन् भन्नु गलत हो र एकजना वा केही राजनीतिज्ञले राम्रो काम गरे भन्दैमा सबै राजनीतिज्ञ राम्रा हुन्छन् भन्नु पनि गलत हो।

लोकतन्त्रको सुन्दर पक्ष भनेको बहुदल हो। यसमा सरकार पक्ष, प्रतिपक्ष र अन्य दलसमेतको संयोजनमा एउटा सन्तुलित संरचना बन्छ। हामीले ‘मेरो राजनीतिमा सरोकार छैन’ भन्नु कति सही छ ? हामी राजनीतिबाट अछुतो छौं ? हामीले चाहेर वा नचाहेर, राजनीतिको प्रशंसा वा निन्दा जे गरे पनि राजनीतिबिना राष्ट्र सञ्चालन सम्भव छैन। त्यस्तै राजनीतिक दल भनेका जहाजका पाइलट हुन्। उनीहरूले नै देश र जनतालाई एउटा गन्तव्यमा पु¥याउँछन् भन्ने मान्नैपर्छ। राजनीति निरपेक्ष रहेर आधुनिक विश्वका कुनै पनि मुलुकको नागरिक हुन सम्भव छैन। त्यसकारण वितृष्णा मात्र भन्दा पनि सचेतनाको आवश्यकता पर्छ।

हाम्रो सन्दर्भमा नेपाली राजनीतिले लिएको वर्तमान गन्तव्य भनेको समृद्ध नेपाल हो अनि त्यसको निष्कर्ष सुखी नेपाली हो। फेरि समृद्ध नेपालको सपना र सुखी नेपालीको परिकल्पना कुनै एउटा राजनीतिक संगठनको नारामा मात्र सीमित मान्नुपर्ने विषय होइन, यो त हाम्रो आकांक्षा हो, इच्छा हो, लक्ष्य हो। समृद्ध नेपाल सम्भव पनि छ। यति हुँदाहुँदै अब यो नारा नेकपाको हो, मैले यो नारा लिनुहुन्न अथवा यो नारा लिने नेकपाको मानिस हो भन्नु कति जायज हुन सक्ला ? यो नारा लिने मेरो मान्छे भनेर सोच्नु आफैंमा गलत हो, किनकि साँच्चिकै हामीलाई अहिले चाहिएको त समृद्ध नेपाल नै हो नि !

अब प्रश्न उठ्छ– समृद्ध नेपाल बनाउने अभिभारा कसको हो ? नेपाललाई समृद्ध कसले बनाउने ? नेपाल हामी सबै नेपालीको हो। हाम्रो राष्ट्र अरू कोही आएर समृद्ध बनाउने होइन। अरूहरू त हाम्रो भूमिमा हस्तक्षेप गर्न वा फाइदा लुट्न आउलान् भन्ने मात्र भय देखिन्छ। वा, जातजातिका नाममा, धर्मका नाममा, लिंगका नाममा हामीलाई जुधाउन तथा फुटाउन आउन सक्छन्। बरु हामीले यसतर्फ निकै सर्तक रहनुपर्छ। राष्ट्रको संवेदनशीलताप्रति सचेत हुनुपर्छ। जसरी सीमा विवादमा एक भएर उभियौं, त्यस्तै अरू कुनै विषय लिएर आउलान्, सावधान रहौं। अब सबै नेपालीले सानातिना कुरामा अलमलिन छाड्नुपर्छ। समृद्ध नेपाल बनाउन आआफ्नो स्थानबाट योगदान गर्नुपर्छ ताकि अरूले सधैं हेपिरहने स्थिति नरहोस्।

हामीले राजनीतिको प्रशंसा वा निन्दा जे गरे पनि राजनीतिबिना राष्ट्र सञ्चालन सम्भव छैन।

राजनीतिक दलको कुरा गर्ने हो भने उनीहरूको त ठूलो भूमिका हुन्छ। सरकार पक्षको दलले जनचाहनाअनुसार काम गर्नुपर्छ। न्याय मर्न दिनुभएन, सुशासनका आधारमा राज्य सञ्चालन गर्नुपर्छ। कहिलेकाहीं ध्वनिको प्रतिध्वनि मात्र सुन्नु घातक हुन जान्छ। त्यसैले एउटा कोठाबाट बाहिर निस्किनुपर्छ। राम्रो छ, ठीक छ भन्नेको मात्र कुरा सुन्नुहुन्न। रचनात्मक अथवा फरक विचार, फरक मत, फरक धारणा पनि सुन्नुपर्छ। त्यसपछि मात्र यर्थाथ जान्न सकिन्छ। ‘एस बोस’ भन्ने त गुलाम मात्र हो। ‘नो बोस’ भन्ने मान्छेलाई पनि साथ लिनुपर्छ। अर्थात् केवल मिथ्या प्रशंसा र चाकडी चाप्लुसीको घेराबन्दीले सरकारलाई अन्धो बनाउँछ, सत्यभन्दा धेरै टाढा राख्छ।

अर्कातिर प्रतिपक्षले पनि केवल विरोधकै लागि विरोध गर्नु भएन। तर के भुल्नु भएन भने प्रतिपक्षको धर्म भनेकै गलत काम वा गलत कामको विरोध गर्नु हो। त्यस्तो विरोध विरोधका लागि मात्र नभएर विकासका लागि हुनुपर्छ, खराब कामका लागि विरोध गर्नुपर्छ, समृद्धिको बाधकको विरोध गर्नुपर्छ। खराब काममा साथ दिनु अथवा सुतेर बस्नु प्रतिपक्षको धर्म होइन। अनि हामी जनताले पनि प्रतिपक्षको सकारात्मक विरोधका लागि साथ दिनुपर्छ। फेरि विरोध गर्ने भनेको संसद् अवरोध गर्ने अथवा बन्द गर्ने अथवा आफ्नो काम नगर्ने होइन, बरु सकारात्मक विरोध गरौं अर्थात् शिक्षा खराब भए घरघरमा बच्चालाई ट्युसन पढाऔं वा यस्तै कुनै हुन सक्छ, जुन सकारात्मक असर राख्ने किसिमको होस्। हो, अब त सकारात्मक विरोध गर्नुपर्छ।

अन्य दलहरू पनि छन्, जसले आफू कसरी अर्को पालि पक्षमा र प्रतिपक्षमा बसुँला भन्ने मात्र सोच्ने होइन होला कि ? कहिलेकाहीं दायाँबायाँकाले देख्न नसकेका त्रुटि क्षेत्रीय र केन्द्रीय दलले देख्न सक्छन्। क्षेत्रीय र केन्द्रीय दलले पनि सकारात्मक कामको प्रशंसा गरी यसको अनुकरण गरौं र पक्ष–प्रतिपक्षले देख्न नसकेका समृद्ध नेपालका बाधकलाई आफूले सके समाधान गरौं, नसके सरकार र प्र्रतिपक्षलाई देखाऊँ।

स्थायी सरकार छ। यसले देशमा अवश्य परिवर्तन गर्छ, सरकार गिराउने र बनाउने कुरा होइन, अब सबै राजनीतिक दलले समृद्ध नेपाल बनाउन सहयोग गर्नुपर्छ। अब साँच्चिकै आफ्नो इमानका लागि, देशका लागि र आफ्ना सन्ततिका लागि आआफ्नो भूमिका निर्वाह गरौं र समृद्ध नेपाल बनाउन प्रयत्न गरौं।
उपप्राध्यापक काठमाडौं स्कुल अफ ल








यसमा तपाईको मत

अन्य समाचार

इटहरीमा भोलि एनसेल मेला

इटहरीमा भोलि एनसेल मेला

एनसेल प्राईभेट लिमिटेडले इटहरीको श्री जनता माध्यामिक विद्यालयको फुटवल मैदानमा शनिबार (मंसिर २८) एनसेल मेला २०७६ को आयोजना गर्ने भएको...

कतार एयरवेजले  ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले अखिल नेपाल फुटबल संघ (एनफा) सँग साझेदारी गर्ने भएको छ । ...

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइमएमई जनरल इन्स्योरेन्स एसियाज मस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

अन्तर्राष्ट्रिय शोधकर्ताहरुको संस्था बिआइएफएमएबाट इर्गाेनोमिक्स प्रमाणित गरेको भारत तथा सिंगापुरस्थित ब्लुबेल इर्गाेनोमिक्सको ‘भिबोन’ ब्रान्डका कुर्सी अब नेपालमा उपलब्ध हुने भएका...

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले विन्टर ब्लेसिङ कार्यक्रम आयोजना गर्ने भएको छ । ...

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

नेपाली बजारमा सेन्सेई ब्रान्डका घरायसी सामग्रीको लोकप्रियता बढेको छ । ...

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

नेपाल टेलिकमले देशभरका २५ जिल्लामा तीव्र गतिको डाटा र भ्वाइस सेवासमेत चलाउन मिल्ने एफटिटिएच अर्थात फाइबर टु द होम सेवा...

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डा मोटरसाइकल, स्कुटर तथा गाडीका लागि नेपालको एक मात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले भैरहवामा नयाँ सोरुम सञ्चालनमा ल्याएको...

Ncell Footer Ad