coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

ट्रायथोलनमा आज तीन देशको प्रतिस्पर्धा

पोखरा- १३ औं साग अन्तरगत पोखरामा आयोजना हुने ट्रायथोलन खेलको प्रतिस्पर्धा अहिले केहीबेरमै शुरु हुदैँ छ। ईलाईट स्प्रिन्ट प्रतिस्पर्धामा नेपाल, श्रीलङ्कका र भारतका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन्। पुरुषतर्फ नेपालका नितेश मानन्धर र बशन्त थारु तथा महिला तर्फ सोनी गुरुङ्ग र निर्जला ताम्राकारले प्रतिस्पर्धा गर्ने छन्।

खेलाडीहरुले ७५० मिटर पौडी, २० किलोमिटर साईकल र ५ किलोमिटर दौड पुरा गर्नेछन्। प्रतिस्पर्धाका लागि खेलाडीहरुको दर्ता, साईकल तथा खेलाडीहरुले लगाउने पोशाक परिक्षण गरिएको छ। त्यस्तै प्रतिस्पर्धामा खटिने निर्णायकहरुलाई टेक्निकल डेलिगेटले बिस्तृत जानकारी तथा खेलस्थलका बारेमा जानकारी प्रदान गरिसकिएको छ। खेललाई निश्पक्ष र सुरक्षित रुपमा सम्पन्न गर्न निर्णायकहरुलाई निर्देशन दिईएको छ।

फेवातालमा हुने प्रतिस्पर्धाका लागि सम्पूर्ण तयारी भएको छ। खेलाडीहरुको लागि तालमा एकै साथ डाईभ गर्न मिल्ने प्लटुन नेपालमा पहिलो पटक प्रयोग गरिएको छ। दुई स्वर्ण पदकको छिनोफानो केही घण्टामै हुने छ। दोस्रो दिन दुवाथोलनको प्रतिस्पर्धा हुने छ भने अन्तिम दिन बुधबार मिक्स्ड ट्रायथोलन हुने छ। कुल ५ स्वर्णको लागि प्रतिस्पर्धा हुने छ।

प्रकाशित: १६ मंसिर २०७६ ०२:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App