खोटाङ– खोटाङको साकेला गाउँपालिका–३ खिदिमाको वडाध्यक्षका लागि भएको निर्वाचनमा राप्रपाका उम्मेद्वारले एक भोट पाएका छन्। तत्कालिन नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित मणिकुमार राईको निमोनियका कारण गत बैशाख ९ गते मृत्यु भएपछि रिक्त स्थानमा वडाध्यक्ष चयनका लागि शनिबार भएको उपनिर्वाचनमा राप्रपाका उम्मेद्वार इन्द्रबहादुर खड्काले १ मत मात्र पाएका हुन्।
खिदिमाको कुल मतदाता १ हजार ३०३ मध्ये ७९८ मत खस्दा खड्काको पक्षमा मात्र १ भोट मात्र खसेको मुख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
निर्वाचनमा कम्तीमा ४५ मत आउने अनुमान गरिएको भए पनि अनपेक्षित परिणाम आएको खड्काले बताए। ‘तपाईलाई श्रीमतीले पनि भोट दिएन की के हो?’ नागरिकको प्रश्नमा उम्मेद्वार खड्काले सहजै जवाफ दिए, ‘हो श्रीमतीले पनि भोट नदिएजस्तो हो। तर श्रीमतीले भोट हाल्नै पाइनन् ।’ मतदाता नामावली हराएको र नागरिकता लिएर मतदान गर्न जाँदा नाम नमिलेपछि उनकी श्रीमती मतदान गर्नबाट बञ्चित भईन्। ‘नजित्ने’ भन्दै छरछिमेकले समेत अन्तै भोट हाले । त्यस कारण खड्का आफैले हालेको एक मत मात्र उनको पक्षमा परे। ‘४५ भोट कन्फर्म मलाई खस्ने नित्तिचत थियो,’ खड्काले भने, ‘रातारात अन्य पार्टीले पैसा बाँडेर भोट बिगार्दिएछन् । करिब ५० मत नाघ्ने पार्टीको आँकलन थियो।’
राप्रपा जिल्ला कमिटिले समेत अनपेक्षित परिणाम आएको जनाएको छ। करिब ४५ मत आउने आँकलन फेल खाएको राप्रपाका जिल्ला अध्यक्ष जीवन श्रेष्ठले बताए। साकेलामा समाजबादीले पनि अपेक्षित मत पाउन सकेन। समाजबादीका उम्मेद्वार रमेश राईले १५ मत मात्र पाए। उपनिर्वाचनमा कांग्रेसका उम्मेद्वार शुक्र तामाङलाई १७ मतले पछि पार्दै नेकपाका उम्मेद्वार शिवकला राई वडाध्यक्षमा निर्वाचित भएकी छन्। शिवकलाले ३९१ मत र शुक्रले ३७४ पाएका छन्।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
टिकटकले मोटा र अशक्त प्रयोगकर्ताको भिडियो लुकाउने तरिका दीर्घकालीन योजना नभएको दाबी गरेको छ ...
यस एपले प्राथमिक तह, माध्यमिक र उच्च माध्यमिक तहका हिसाबहरूलाई अटोमेटिक समाधान गर्न सक्नेछ ...
सेञ्चुरी कमर्सियल बैंकको चरीकोट शाखाले दोलखा चेम्बर अफ कमर्ससँगको आयोजनामा एकदिने वित्तीय साक्षरता आधारभूत कर्जा, लेखा तथा करसम्बन्धी कार्यक्रम सञ्चालन...
नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धी सिद्धी सिमेन्ट–१० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गर्ने भएको छ । ...
ओपोले डिसेम्बर १०का दिन चीनको शन-छानामा पहिलो ओपो ईन्नोडेको आयोजना गर्ने घोषणा गरेको छ। ...
सनफ्लो ब्रान्ड तेलको उपहार योजनाको दोस्रो लक्की ड्र कार्यक्रमका विजेतालाई हिराको हार र हिराका अन्य उपहार हस्तान्तरण गरिएको उत्पादत कम्पनी...
प्रभु बैंकले सर्लाहीको ईश्वरपुर नगरपालिका, वडा नम्बर ६, बयलबासमा शाखा विस्तार गरेको छ । ...
नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच कर्णाली र सुदूर पश्चिम प्रदेशमा सूचना महामार्ग निर्माण गर्न समझदारी भएको छ । ...
यसमा तपाईको मत