७ वैशाख २०८१ शुक्रबार
समाज

राउटेको उपचारमा ढिलाई

दैलेख– हप्तादिन अघिबाट बस्तीमै थलिएका राउटे यूवा कपिल शाहीको उपचारमा सामाजिक विकास मन्त्रालयबाट ढिलाई भएको छ। उनको उपचारका लागि प्रदेश अस्पतालमा भईरहेपनि थप उपचारका लागि बिहीबार नै काठमाडौं रिफर गरिएको थियो। तर, आइतबारसम्म पनि उनलाई काठमाडौं लगिएको छैन।

चिसोमा रक्सीको बढी सेवन र राउटे बस्तीमा हुने स्वास्थ्य शिविरबाट दिइएको अनावश्यक आंैषधी खाँदा पेटमा समस्या देखीएको थियो। पेटमा पानी धेरै देखीएपछि उनको मृगौलामा समस्या देखीएको जनाइएको छ। डाक्टरले उनलाई मृगौलाको डाईलेसिसका लागि काठमाडौं पठाउन रिफर गरेको राउटे लोपोन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपाल केन्द्रिय अध्यक्ष सत्यदेवी अधिकारीले बताइन्।

दैलेखको गुरासँ गाउँपालिका–४ सत्ताचौरमा अहिले राउटेहरु बस्दै आएका छन्। सत्ताचौर लेकाली ठाउँ हो। राउटेको भिडियो बनाउन आउनेहरुले सोफि नामक रक्सी खाएपछि चिसोसंगै राउटेहरु बिरामी भएको अध्यक्ष अधिकारीले बताइन्।

अहिले बस्तीमा पाँच जना राउटे बिरामी छन्। काठमाडौं लैजानका लागि सामाजिक विकास मन्त्रालयका सचिवबाटै उपचार खर्च निकासामा ढिलाई भएको आरोप राउटे लोपोन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपाल केन्द्रीय अध्यक्ष सत्यदेवी अधिकारीले लगाएकी छिन्।

शुक्रबार नै राउटेको उपचारका लागि मन्त्रालयमा जाँदा समेत सचिवबाट असहयोग भएको उनले बताइन्। राउटे उत्थान परियोजनाबाट कपिलको लागि अहिले कुनै पनि सहयोग भएको छैन। उनीहरुले राउटेको हेरचाहका लागि कर्मचारी खटाएपनि उपचारमा बेवास्था गरेका छन्। राउटे उत्थान परियोजना स्थानीय सामाजिक सेवा केन्द्र (सोसेक) ले चलाएको छ। सोसेकका संस्थापक अध्यक्ष हिरासिंह थापाले अहिले कपिलको औषधि उपचार सामाजिक विकास मन्त्रालयबाटै खर्च हुने जानकारी दिए।

सामाजिक विकास मन्त्रालयले सुरुमा १५ हजार उपचार खर्च दिने भनेपनि आइतबार ९५ हजार रुपैयाँ दिने निर्णय गरेको राउटेसंग काम गर्दै आएकी अभियान्ता सत्यदेवी अधिकारीले बताइन्। आफुहरुले राउटेको नाममा सरकार तथा कुनै पनि संस्थाबाट एक रुपैयाँ पनि नदिएर काम गरेको तर, राउटेको नाममा परियोजना चलाउनेहरुले उपचारमा बेवस्था गरेको आरोप उनले अधिकारीले बताइन्।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका सचिव मानबहादुर विकेले सोमबार काठमाडौं पठाउने तयारी भईरहेको बताए। ‘काठमाडौंमा उपचारका लागि कुरा भएको छ।’ सचिव विकेले भने, ‘उपचार खर्च विलभरपाई अनुसार मन्त्रालयले नै ब्यहोर्ने छ।’ राउटे यूवा कपिल शाही ३ वर्र्षअघि आगोले पोलिएका थिए। राउटेहरुले बस्तीमै लामो समय आफ्नौ जडिबुटी प्रयोग गरे तर, निको नभएपछि १ वर्षपछि मर्ने न बाच्ने अवस्थामा पुगेका थिए। त्यसपछि उपचारका लागि काठमाडौं लगिएको थियो। 

प्रकाशित: १५ मंसिर २०७६ १३:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App