पोखरा- कास्की–२ मा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की उम्मेद्वार विद्या भट्टराई विजयी भएकी छिन्। शनिबार भएको प्रतिनिधिसभाको उपनिर्वाचन नेकपाकी उम्मेदवार भट्टराईले कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई ८ हजार ४ सय ३ मतान्तरले हराउँदै विजयी भएकी हुन्।
भट्टराईले २४ हजार ३ सय ९४ मत ल्याइन भने पौडेलले १५ हजार ९ सय ९१ ल्याए। ७१ हजार ८ सय ७१ मतदाता रहेकोमा ४५ हजार ५ सय ६३ मत खसेको थियाे।
प्रकाशित: १५ मंसिर २०७६ १३:२७ आइतबार