७ वैशाख २०८१ शुक्रबार
समाज

थुनुवा फरार प्रकरणः सेन्ट्री र गार्ड कमान्डर निलम्बित

लहान- सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिकास्थित ईलाका प्रहरी कार्यालयको हिरासतमा रहेका ८ जना पुरूष थुनुवा फरार प्रकरणमा दुई जना प्रहरी निलम्बित भएका छन्। शनिबार राति हिरासतबाट खाना खान जानेबेला पछाडिको ढोकाबाट थुनुवाहरू फरार भएका बखत गार्ड कमान्डर रहेका प्रहरी हवल्दार महेश कुमार यादव र सेन्ट्री बसेकी प्रहरी जवान सुनिता कटुवाललाई निलम्बन गरेर अनुसन्धान अघि बढाइएको एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।

शनिबार सिरहाको कल्याणपुर गाउँपालिका १२ नम्बर वडामा उपनिर्वाचन भएको मौका छोपेर थुनुवा फरार भएका हुन्। फरारमध्ये एक जना थुनुवालाई प्रहरीले खोजीको क्रममा पक्राउ गरेको छ। उपनिर्वाचनको मतगणनाको सुरक्षा व्यवस्थापन मिलाउन कल्याणपुरमा रहेका सिरहा प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदी आफै फरारको खोजीमा खटिएका थिए।

जनकपुरमा जारी विवाह पञ्चमी महोत्सवमा समेत प्रहरी खटाइएकाले जनशतिm कम थियो। उपनिर्वाचनमा पनि प्रहरीकर्मीहरु खटिएका थिए। सीमावर्ती प्रहरी कार्यालय भएकोले सीमामा समेत प्रहरी गस्तीमा खटिएको थियो। ईलाका प्रहरी कार्यालयभित्र इन्पेक्टर कृष्ण श्रेष्ठको कमान्डामा करिब २० जनाजति प्रहरी तायनाथ थिए।

गार्ड कमान्डर महेश कुमार यादव र सेन्ट्री सुनिता कटुवाल रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। थुनुवाहरु पछाडिको गेटको ताल्चा फुटाएर फरार भएपछि प्रहरी कार्यालयभित्र हल्लीखल्ली मचेको स्थानीयहरु बताउँछन्।

घटनाका बखत ड्युटीमा रहेका गार्ड कमान्डर महेश कुमार यादव फरार थुनुवाहरुमध्ये अधिकांश लागूऔषध मुद्दा भएर कारवाही अघि बढाइएकाहरु थिए। फरारको खोजीमा काउन्टरपार्टसँग समेत सहयोग मागीएको चतुर्वेदीले बताए। सीमा वारिपारि खोजी कार्य तिब्र रुपमा अघि बढाइएको उनले बताए।

प्रकाशित: १५ मंसिर २०७६ १३:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App