coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सागको भव्य उद्घाटन, भिजिट नेपाल २०२० को चर्चा

काठमाडौं– दक्षिण एसियाली खेलकूद प्रतियोगिता (साग)को औपचारिक रुपमा उद्घाटन भएको छ।

समारोहलाई राष्ट्रपति विद्यादेवी भण्डारीले मन्तव्य व्यक्त गर्दै काठमाडौं, पोखरा र जनकपूरबाट प्रतियोगिता सुरु भएको घोषणा गरिन्।

उद्घाटन समारोहमा ‘भिजिट नेपाल २०२०’ ले चर्चा पाएको छ। सरकारले २० लाख पर्यटक भित्र्याउने महत्वकांक्षी योजना सहित घोषणा गरेको भिजिट नेपाललाई सफल बनाउन सागको उद्घाटन समारोहमा समेत आग्रह गरियो। 

समारोहलाई सम्बोधन गर्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल भ्रमणका लागि आग्रह गरे। ‘नेपाल भ्रमण गर्न आफु र आफ्नो परिवार संयुक्त रुपमा आउनुहोला, हामीले सन् २०२० मा भ्रमण वर्ष आयोजना गरेका छौं’, उनले भने। 

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपालबारे चर्चा परिचर्चा गर्न विभिन्न देशका प्रतिनिधिलाई आग्रह गरे।

उद्घाटन शत्रको सुरुवातमै सम्बोधन गरेका अध्यक्ष श्रेष्ठले नेपालले सन् २०२० मा भिजिट नेपालको आयोजना गर्न लागको जानकारी दिए। ‘साग गेम्स सकिएपछि आफ्नो देशमा गएर नेपालबारे चर्चा गर्नूहोला’ सम्बोधनमा श्रेष्ठले भने। 

त्यस्तै राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रमेश शिलवाललले पनि नेपालले आयोजना गर्न लागको भिजिट नेपाल २०२० मा सहभागी हुन आग्रह गरे। समारोहलाई सम्बोधन गर्दै उनले नेपाल भ्रमणका लागि आग्रह गरका हुन्। 

समारोहलाई सम्बोधन गर्दै युवा तथा खेलकूदमन्त्री जगतबहादूर विश्वकर्माले सागको आयोजना गर्न पाउँदा हर्षित भएको बताए।


उद्घाटन समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रदास तिमल्सिना, उपराष्ट्रपनि नन्दबहादुर पुन, प्रधानन्याधीश चोलेन्द्र शमशेर जवरा, उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, खेलकुदमन्त्री जगत विश्वकर्मा, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल लगायत सहभागी भएका थिए। 

उद्घाटन समारोहमा सात देशको मार्चपाससहित विभिन्न झाँकी प्रदर्शन गरिएको थियो। मार्चपासमा नेपालको झण्डा भरोत्तलनका कमलबहादूर अधिकारीले बोकेका थिए।

प्रदर्शनमा पाँच हजारले सहभागिता जनाएका थिए। सागमा सात देशका तीन हजार भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। सागमा कूल २८ वटा विभिन्न विधाका प्रतिस्पर्धा हुने छ।

जसका लागि काठमाडौं, पोखरा र जनकपूर गरि २९ वटा भेन्यू चयन गरिएका छन्। उद्घाटन समारोह २ घण्टा ५० मिनेट सञ्चानल भएको थियो। 

प्रकाशित: १५ मंसिर २०७६ १२:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App