coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

घोराही-१६ मा कांग्रेसका डाँगी निर्वाचित

दाङ- घोराही उपमहानगरपालिका वडा नम्बर-१६ को वडा अध्यक्षमा नेपाली कांग्रेसका तारावहादुर डाँगी निर्वाचित भएका छन्। डाँगी १ हजार २ सय १८ मत प्राप्त गरि अध्यक्षमा निर्वाचित भएका हुन्।

उनका प्रतिष्पर्धी नेकपाका सुरेश केसीले १ हजार १ सय १७ मत प्राप्त गरे। कुल ४ हजार ४ सय ५३ मतदाता रहेको यो वडामा ३ हजार २ सय २६ मत खसेको थियो। यसैगरि स्वतन्त्र उम्मेदवार जगलाल चौधरीले ७ सय २० मत प्राप्त गरे। उनले नेकपाबाट असन्तुष्ट भई बागी उम्मेदवारी दिएका थिए।

तत्कालीन वडा अध्यक्ष लक्षिण बुढाको निधन भएपछि यो वडामा उपनिर्वाचन भएको हो। लक्षिण तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएका थिए।

 

प्रकाशित: १५ मंसिर २०७६ १२:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App