जनयुद्धमा भएका सबै घटनाको जिम्मेवारी म लिन्छुः प्रचण्ड

आइतबार, १५ मङि्सर २०७६, १४ : २२ नागरिक

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माओवादी जनयुद्धका क्रममा भएका सबै राम्रा नराम्रा घटनाको जिम्मेवारी आफूले लिने बताएका छन्। आइतबार पार्टी मुख्यालय धुम्बाराहीमा द्वन्द्वकालमा मारिएका तत्कालिन नेकपा एमालेका नेता बुद्धिमान पाख्रिनको १७ औँ स्मृति सभालाई सम्बोधन गर्दै जनयुद्धका क्रममा भएका सबै घटनाको जिम्मेवारी लिने बताएका हुन्।  

संक्रमणकालिन न्याय सम्पादन गर्न सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोग बनाएर र द्वन्द्वकालीन मुद्दा टुङ्गो लगाउन आफु प्रयासरत रहेको पनि बताए। माओवादी जनयुद्धको नेतृत्व गर्ने पार्टी र त्यसको अध्यक्ष भएको कारणले  आफुले जिम्मेवारी लिने बताए।

जनयुद्धमा मारिएका भएपनि सबैलाई सम्बोधन हुनेगरी सत्य निरुपण होस् भन्ने पक्षमा आफु रहेको उनको भनाई थियो। अध्यक्ष प्रचण्डले आफुहरु ब्ल्यांकेट  एम्नेस्टिको पक्षमा  नरहेको पनि स्पष्ट पारे।

द्वन्द्व पीडितहरुको माग बमोजिम सत्यनिरुपण मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगको अहिलेको कानुन संसोधनको तयारीमा रहेको र छिट्टै पदाधिकारीहरु नियुक्त हुने पनि अध्यक्ष प्रचण्डले बताए। तत्कालीन समयमा राज्यपक्ष वा विद्रोही पक्षबाट भएका जघन्य प्रकृतिका घटनामा दोषी ठहरिनेले कारबाही भोगे मात्रै भविश्यमा यस्ता घटना दोहोरिन नदिने वातावरण बनाउन सकिन्छ भन्ने पक्षमा आफु रहेको बताए।








यसमा तपाईको मत

अन्य समाचार

इटहरीमा भोलि एनसेल मेला

इटहरीमा भोलि एनसेल मेला

एनसेल प्राईभेट लिमिटेडले इटहरीको श्री जनता माध्यामिक विद्यालयको फुटवल मैदानमा शनिबार (मंसिर २८) एनसेल मेला २०७६ को आयोजना गर्ने भएको...

कतार एयरवेजले  ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले अखिल नेपाल फुटबल संघ (एनफा) सँग साझेदारी गर्ने भएको छ । ...

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइमएमई जनरल इन्स्योरेन्स एसियाज मस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

अन्तर्राष्ट्रिय शोधकर्ताहरुको संस्था बिआइएफएमएबाट इर्गाेनोमिक्स प्रमाणित गरेको भारत तथा सिंगापुरस्थित ब्लुबेल इर्गाेनोमिक्सको ‘भिबोन’ ब्रान्डका कुर्सी अब नेपालमा उपलब्ध हुने भएका...

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले विन्टर ब्लेसिङ कार्यक्रम आयोजना गर्ने भएको छ । ...

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

नेपाली बजारमा सेन्सेई ब्रान्डका घरायसी सामग्रीको लोकप्रियता बढेको छ । ...

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

नेपाल टेलिकमले देशभरका २५ जिल्लामा तीव्र गतिको डाटा र भ्वाइस सेवासमेत चलाउन मिल्ने एफटिटिएच अर्थात फाइबर टु द होम सेवा...

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डा मोटरसाइकल, स्कुटर तथा गाडीका लागि नेपालको एक मात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले भैरहवामा नयाँ सोरुम सञ्चालनमा ल्याएको...

Ncell Footer Ad