तनहुँ- भानुमा चितुवा नियन्त्रणका लागि राखिएको चितुवाको परम्परागत खोर (पासो)मा आइतबार बिहान एक चितुवा परेको छ। तनहुँको भानु नगरपालिकाका ३ रिढीपानीस्थित कालिका सामुदायिक वनमा राखिएको खोर(पासो)मा चितुवा परेको हो।
अन्दाजी १० वर्ष र ५० केजी तौल भएको पोथी चितुवा खोरमा परेर नियन्त्रणमा आएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत बावुराम उप्रेतीले बताए। यसअघि दुई भाले र दुई पोथी गरी चार चितुवा नियन्त्रणमा आइसकेको छ। ‘काठको खोरमा रहेको चितुवालाई फलामको खोरमा सारेर चितवन राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएको छ,’ उनले भने।
भानु क्षेत्रमा लगातार डेढ वर्षदेखी चितुवाको आक्रमण बढेपछि यहाँ डिभिजन वन कार्यालय, भानु नगरपालिका, सामुदायिक वन लगायतको सहयोगमा चितुवाको परम्परागत खोर पासो निर्माण गरेर चितुवा नियन्त्रण गरिदैँ आएको छ। चितुवा नियन्त्रणको लागि काठको परम्परागत खोर पासो प्रभावकारी समेत बन्दै आएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले बताए।
चितुवा नियन्त्रणका लागि नगरपालिकाका विभिन्न सामुदायिक वनमा काठका खोर निर्माणपछि खोरमा अहिलेसम्म पाँच चितुवा नियन्त्रणमा आएका छन्। खोरमा परेका चितुवामध्ये दुईलाई चितवन राष्ट्रिय निकुञ्ज र एउटालाई बुटवलस्थित मणिमुकुन्दसेनको मिनी चिडियाखाना, एउटालाई रुपन्देहीको शङ्करनगरस्थित प्राणी उद्यानमा स्थानान्तरण गरिएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ।
चितुवा नियन्त्रणका लागि विभिन्न प्रविधि अपनाइएपनि सबैभन्दा प्रभावकारी काठको खोर पासो प्रभावकारी हुँदै आएको छ। भानु नगरपालिकाको वडा नम्वर १,२,३ र ४ मा बालबालिकामाथि आक्रमण गर्ने पोथी चितुवा हुन सक्ने अनुमान छ।
भाले भन्दा पोथी चितुवा नरभक्षी हुने वनका प्राविधिकको भनाइ छ। भानुका नरभक्षी चितुवा प्रभावित चार वटै वडाका सामुदायिक वनमा चितुवा नियन्त्रणका लागि काठका खोर निर्माण गरेर बाख्रा सहित राखिने गरिदै आएको भानु ३ का वडा अध्यक्ष दल नारायण श्रेष्ठले बताए।
भानु नगरपालिकामा डेढ वर्षको अन्तरालमा चितुवाको आक्रमणबाट ६ बालबालिकाको ज्यान गएको छ भने ७ बालबालिका घाइते भएका थिए। चितुवा नियन्त्रणमा आएपनि चितुवाको त्रास कायमै भएकाले सचेत हुनुपर्ने वडा अध्यक्ष श्रेष्ठले बताए।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
एनसेल प्राईभेट लिमिटेडले इटहरीको श्री जनता माध्यामिक विद्यालयको फुटवल मैदानमा शनिबार (मंसिर २८) एनसेल मेला २०७६ को आयोजना गर्ने भएको...
कतार एयरवेजले अखिल नेपाल फुटबल संघ (एनफा) सँग साझेदारी गर्ने भएको छ । ...
आइमएमई जनरल इन्स्योरेन्स एसियाज मस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...
अन्तर्राष्ट्रिय शोधकर्ताहरुको संस्था बिआइएफएमएबाट इर्गाेनोमिक्स प्रमाणित गरेको भारत तथा सिंगापुरस्थित ब्लुबेल इर्गाेनोमिक्सको ‘भिबोन’ ब्रान्डका कुर्सी अब नेपालमा उपलब्ध हुने भएका...
नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले विन्टर ब्लेसिङ कार्यक्रम आयोजना गर्ने भएको छ । ...
नेपाली बजारमा सेन्सेई ब्रान्डका घरायसी सामग्रीको लोकप्रियता बढेको छ । ...
नेपाल टेलिकमले देशभरका २५ जिल्लामा तीव्र गतिको डाटा र भ्वाइस सेवासमेत चलाउन मिल्ने एफटिटिएच अर्थात फाइबर टु द होम सेवा...
होन्डा मोटरसाइकल, स्कुटर तथा गाडीका लागि नेपालको एक मात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले भैरहवामा नयाँ सोरुम सञ्चालनमा ल्याएको...
यसमा तपाईको मत